पहिलो पटक काठमाडौं पुगेका सफेकुन र सफेरूनको सपना यसरी हुँदैछ पूरा

बिहान साढे ६ बजे कलेज पुगिसक्नुपर्ने भएकाले सफेकुन निशा र सफेरून निशा सबेरै खाना खाइसक्छन्। ललितपुरको खुमलटारस्थित कोठाबाट सार्वजनिक गाडी चढेर यी दिदीबहिनी कुमारीपाटीस्थित ‘टेक्निकल ट्रेनिङ एन्ड रिसर्च इन्स्टिच्युट (टिटिआरआई)’ पुग्छन्। दिउँसो १ बजे कोठामा फर्किएपछि पनि उनीहरूको ध्यान पढाइमै हुन्छ। राति अबेरसम्म पढाइमै व्यस्त रहन्छन्। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सरावल गाउँपालिकास्थित बासा भन्ने ठाउँका […]