author

‘ललिता निवास प्रकरणका दुई पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्नु पर्दैन ?’-लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ललिता निवास प्रकरणमा जोडिएका दुई पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धानका लागि किन पक्राउ नगरिएको भन्दै प्रश्न उठाएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले  ललिता निवास प्रकरणमा पूर्वसचिव शारदाप्रसाद त्रिताल आयोगले  सो प्रकरणमा राजनीति र प्रशासनमा रहेका धेरै जना जोडिएको प्रस्ट देखाएको बताए […]

सिआइबीलाई पनि सुन प्रकरणको अनुसन्धान गर्न दिने तयारी

अन्दाजी एक सय सुन प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई जिम्मा लगाउनेबारे छलफल भएको छ।बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गरेका हुन्। यस प्रकरणको अनुसन्धान सिआइबीलाई दिने/नदिनेबारे छलफल भएको प्रहरी उच्च स्रोतले […]

माओवादीले केन्द्रीय समितिमा २४ जना महिला थप्यो

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ ।केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो ।   थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।  हाल माओवादी […]

रास्वपाको केन्द्रीय विभागमा बस्न स्नातको’त्तर उत्तीर्ण हुनुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ ।बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो । पार्टी महामन्त्री मुकुल ढकालका अनुसार प्रदेश समितिका […]

यस्ता छन् “सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति”

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच उनीहरूको माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो ।सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजदेखि माइतीघर मण्डलामा जारी अनसन र धर्ना स्थगन गर्ने सहमति गरेका छन् । सहमति अनुसार  सहकारी […]

यस्ता छन् शिक्षा ऐन मस्यौदामा उल्लेख गरिएका महत्त्वपूर्ण बुँदा  

लामो समयपछि शिक्षा ऐन ल्याउन सरकार तत्पर देखिएको छ । २०२८ सालकै ऐनको भरमा चलिरहेको शिक्षा संरचना अबको केही समयपछि नयाँ ऐन अनुसार जानेछ । त्यसका लागि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदालाई सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको थियो । केही दिनभित्र सरकारले उक्त मस्यौदा संसद्मा पेस गर्नेछ । शिक्षा मन्त्रालयले उक्त ऐनको मस्यौदा […]

‘समाजवादी मोर्चा नेपाल’ का घोषित कार्यक्रम अलपत्र

चार दलीय ‘समाजवादी मोर्चा नेपाल’का घोषित कार्यक्रम अलपत्र परेका छन् । सत्तारुढ तीन दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर गत असार ४ गते मोर्चाको घोषणा गरिएको थियो । तर घोषणाको डेढ महिना बित्न लाग्दा समेत मोर्चाले आफ्ना गतिविधि गर्न सकेको छैन । यतिसम्मकी चार दल आफैले […]

अधिवक्ता भगवती पाण्डे प’क्राउ

कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए ।शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ […]

प्रचण्डको मौखिक प्रतिवेदनको सार यस्तो

प्रस्तुत प्रतिवेदनमा सांगोपांगो पुरानै विषयलाई उठाइएको छ ।  पदाधिकारी बैठकले पार्टीका सबै कमिटीको संख्यालाई घटाउने र व्यवस्थित गर्ने भनिए पनि महाधिवेशनमा २९९ बाट सुरु भएर पछिल्लो समय ३८५ जना पुगेको केन्द्रीय समितिलाई ४०९ जना पुर्‍याउने प्रस्ताव अघि सारिएको छ । उक्त प्रस्ताव विधान संसोधनमार्फत बैठकले बुधबार नै पारित समेत गरिसकेको छ । कुल केन्द्रीय समिति […]

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनःनिर्माण अवधिभर पुनरकर्जा दिइने

नेपाल राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनरकर्जा दिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान), नेपाल बैंकर एशोसिएशन र नेपाल राष्ट्र बैंकबीच मंगलबार बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनरकर्जा दिने बताएको हो।इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीले क्षतिग्रस्त आयोजनालाई रिफाइनान्सको सुविधा दिन, ब्याज पूँजीकरण र कर्जा पुर्नसंरचन गरिदिन राष्ट्र […]