ललितपुर । प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता आगामी मंगलबारबाट सुरु हुने भएको छ ।
पुष २४ गते देखि २८ गतेसम्म संचालन हुने प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसकेको कुसुन्ती युबा क्लबको अध्यक्ष निरज खड्काले सुनौलो समाजलाई बताउनु भएको छ।
प्रतियोगितामा हाल सम्म २७ टिमले दर्ता गरिसकेको छ ।प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउने छ भने उप विजेता टोलीले ७५ हजार र मेडल,ट्रफी रहेको छ साथै उपत्यका बहिरा खेलाडी सहभागी हुना पाउने भएकोले उपत्यका भित्रको खेलाडीहरुले टिम दर्ता शुल्क १० हजार भएपनी उपत्यका बाहिरको खेलाडीहरु सहभागी टिमको लागि कुनै शुल्क तिर्नु नपर्ने अध्यक्ष खड्काले बताए ।
प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगितामा ४० वर्ष माथिका खेलाडीहरु सहभागिता गर्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय