छथरजाेरपाटी गाउँपालिका वडा नं ३ र ४ मा आज एमाले पार्टी बाट आसान्स मंसिर ४ गते हुने संघीय प्रतिनिधि साभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुले मतदाता भेटघाट गरेकाछन् ।
एमाले पार्टीको निर्वाचन केन्द्रीत कार्यक्रम अन्तरगत धनकुटामा पनि जनता तथा मतदाता संग भेटघाट अभियान अन्तरगत अहिले सातैपालिकाकाे वडामा सञ्चालन भईरहेकाे छ ।
गाउँपालिकाकाे वडा नं ३ र ४ मा निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार ईन्द्रमणी पराजुली लगायतका टाेलिले जनताका समस्या विकास निर्माणका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको छ ।
३ र ४ का जनताबाट सडक ,खानेपानी ,सिचाइ ,कृषि , शिक्षा स्वास्थ लगायतका क्षेत्रका समस्या तथा माग राखेका थिए । जनताको माग तथा समस्या टिपाेट गर्दै प्रदेश निर्वाचन क्षेत्र नं २ का प्रत्यासी उम्मेदवार पराजुलीले जनताको यश अघि आफ्नो ५ वर्षको कार्यकालमा धेरै काम गर्न सफल भएको दावि गर्दै फेरि पनि जिताएर पठाए जनताको मतलाई खेर जान नदिने र जनतालाई सिर राखेर काम गर्ने बताउनुभयो । अब बाकी रहेको सडक पुर्वधार खानेपानी , शिक्षा ,स्वास्थ , कृषि लगायत क्षेत्रका काम पूरा गर्ने बताउनु भयो ।
साथै जनताको सडकबाटो निर्माणको चाहनालाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो। अभियानका क्रममा पार्टीका केन्द्र प्रदेश ,जिल्ला ,पालिका वडाका शिर्ष नेताका सहभागी थिए ।












