धनकुटा ।
२८ ओै विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासीजनजाति माहासंघ धनकुटाकाे आयाेजनामा झाकी सहित र्यालि प्रदर्शन गर्दै मनाईएकाे छ ।

धनकुटामा बसाेबास गर्ने विभिन्न आदिवासी समुदायका १५ वटा एकल जातीय संस्थाकाे सहभागीता रहेको झाकी र्यालिले धनकुटा बसर्पाक बाट बजारको विभिन्न भागकाे परिक्रमा गरेका थिए ।
झाकी सहितको र्यालि आदिवासी जनजाति महासंघको भवनमा पुगेर ओैपचारि रुपमा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो । उक्त कार्यक्रम धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङ प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।
कार्यक्रममा विभिन्न एकल जातिय संघ संस्था प्रमुखहरुले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ धनकुटा अध्यक्ष सन्जय सन्ताेषी राईकाे अध्यक्षतामा सञ्चालन भएको थियोे ।












