असार २७ 
धनकुटा नगरपालिका वडा नं ८ श्री देउराली माध्यमिक विद्यालयका छात्राहरुमाथि शिक्षकबाट यौन दुव्र्यवहार भएको विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटाले भत्र्सना गरेको छ ।

उसले आज एक विज्ञप्ति जारी गर्दै सो घटनाको भत्सना गरेको हो । अध्यक्ष वसन्त राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ छात्रा विद्यार्थीप्रति गरिएको हिंसात्मक दुव्र्यवहार प्रति खेद प्रकट गर्दछौ ।

यो विषयमा तत्काल छानबिन गरी दोषि उपर कडा कार्वाही गर्न माग गर्दछौं । साथै सहिदभुमी गाउँपालिकाका एक युवतीमाथि सोही गाउँपालिकाका ५ नं वडाध्यक्षले जर्वजस्ति करणी गरेको घटना खुल्न आएको भन्दै सो घटनाका दोषी लाई समेत कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय