सिआइबीलाई पनि सुन प्रकरणको अनुसन्धान गर्न दिने तयारी

0 minutes, 0 seconds Read
Spread the love

अन्दाजी एक सय सुन प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई जिम्मा लगाउनेबारे छलफल भएको छ।बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गरेका हुन्।

यस प्रकरणको अनुसन्धान सिआइबीलाई दिने/नदिनेबारे छलफल भएको प्रहरी उच्च स्रोतले बताएको छ।प्रधानमन्त्री प्रचण्डसँगै छलफल भए पनि प्रहरीलाई नै अनुसन्धानको जिम्मा दिने निर्णय भइसकेको छैन। प्रहरीले भने यस अनुसन्धानको जिम्मेवारी पाउनुपर्ने भन्दै जोड गरिरहेको छ।

राजस्व अनुसन्धान विभागले यस प्रकरणको अनुसन्धान राजस्व छलीसम्बन्धी कसुरमा गरिरहेको छ। तर चीनको हङकङ हुँदै नेपालमार्फत् भारतसम्म सुन तस्करी गरेको यो घटना राजस्व छली मात्रै नभएको प्रहरी अधिकारीहरूको दाबी छ।

यो राजस्व छलीसँगै संगठित अपराध, अन्तरदेशीय अपराध पनि भएकाले सिआइबीलाई जिम्मा लगाउनुपर्नेबारे छलफल भएको प्रहरी उच्च स्रोतले बतायो।‘सिआइबीलाई जिम्मा दिनेबारे कुराकानी भइरहेको छ। हिजो छलफल भएको थियो। प्रहरीले अनुसन्धान गर्न मिलाएर ल्याउने भन्ने छ,’ प्रहरी उच्च स्रोतले भन्यो।

राजस्वबाट मिसिल आएपछि सिआइबीलाई जिम्मा दिने तयारी भएको स्रोतले बतायो।राजस्वबाट मिसिल आएपछि सिआइबीलाई जिम्मा दिने तयारी भएको स्रोतले बतायो।

‘यस घटनामा सांगठनिक अपराध पनि जोडिएकोले सिआइबीलाई नै दिने भन्ने कुरा छ। राजस्वले  मान्छेहरू र मिसिल जिम्मा लगाएपछि सिआइबीले अनुसन्धान गर्नेछ,’ स्रोतले भन्यो।

यस्तै, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पनि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।उनले यसको अनुसन्धान गर्ने सम्पूर्ण जिम्मेवारी प्रहरीलाई दिने वा सिआइबीसँग सहकार्य गरी अनुसन्धान अघि बढाउने भन्ने विषयमा छलफल जारी नै रहेको बताए।

‘हिजो छलफल भएको हो। छलफलको क्रममा कुन कानुन आकर्षित हुन्छ र अपराध कुन किसिमको हो त्यसैलाई हेरेर सम्बन्धित निकाय र सम्बन्धित कानुनबाट अनुसन्धान गर्नुपर्ने देखियो भने त्यही अनुसार अगाडि बढ्न निर्देशन प्राप्त भएको छ,’ प्रधानमन्त्री प्रचण्डको निर्देशन उदृत गर्दै महानिर्देशक ढुंगानाले भने, ‘प्रहरीलाई अनुसन्धानमा संलग्न गराउने वा प्रहरीलाई नै दिएर अनुसन्धान गर्ने भन्नेबारे अध्ययन र छलफलकै क्रममा छौं।’

यसबारे शुक्रबार साँझ वा आइतबारसम्म एउटा टुंगोमा पुग्ने उनले बताए। त्यसका लागि राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी, महान्यायाधिवक्तासँग छलफल गरेर टुंगो लगाउने तयारी छ।‘बैठक कहिले बस्ने भन्ने टुंगो भइसकेको छैन। हामी बस्छौं,’ उनले भने, ‘सिआइबीको कहीँ न कहीँ अनुसन्धानमा संलग्नता त हुन्छ नै। तर सबै अनुसन्धानको जिम्मा नै दिने हो कि मिक्स्ड अप्रोचमा अनुसन्धान गर्ने छलफलमै छौं।’

महान्यायाधिवक्ता दिनमणि पोखरेलका अनुसार राजस्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धान अनुसार यो प्रकरणले सांगठनिक अपराधतर्फ पनि संकेत गरेको छ।‘त्यसैले ऐनको दफा २० अनुसार सांगठनिक अपराधअन्तर्गत सिआइबी र राजस्व छली अन्तर्गत राजस्वले अनुसन्धान अघि बढाउने गरी छलफल भएको हो’, उनले भने।

सुन तस्करीको अनुसन्धान राजस्व छलीमात्रै नभएर अन्य अपराधमा पनि कसुर भएको भन्दै प्रहरीलाई जिम्मा लगाउनुपर्ने आवाज उठ्दै आएको थियो। तर विभागले प्रहरीसँग एक जना प्रहरीमात्रै माग गरेको थियो।विभागले प्रहरीसँग सहयोग मागेपछि एसपी कृष्ण पंगेनीलाई पठाइएको थियो।

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। जसमध्ये बिहीबारमात्रै भन्सार एजेन्ट रूक्मिनी सुब्बा हाजिर जमानीमा छुटेकी छन्।साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट छुटेको ब्रेक शुबाट अन्दाजी १०० किलो सुन बरामद भएको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट आएको ब्रेक शुमा लुकाएर सुन ल्याएको पाइएको हो। त्यसयता विभागले विभिन्न ठाउँबाट १८ जनालाई पक्राउ गरेको थियो। काठमाडौंका विभिन्न ठाउँमा पनि विभागले छापा मारेको छ। ती छापा मारेको गोदाममा पनि सुन गलाउने र रिप्याकिङ गरी अन्त लैजाने गरेको खुलेको थियो।

त्यसबाहेक अन्य सुन भने बरामद भएको छैन। बरामद भएको सुन तौलिन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ। तर दुई हप्ता बढी बित्दा पनि जोखिएको छैन। बैंकले विभागको पत्र नआएकाले नजोखिएको बताउँदै आएको छ। सेतोपाटिबाट

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *