अर्थमन्त्रीको प्रस्तावलाई बैंकरले “ओके” गरेपछि, लगानीकर्ताले पनि दिए हरियो झण्डा

0 minutes, 0 seconds Read
Spread the love

नेप्से मंगलबार बढेर बन्द भएको छ। सोमबार दुई हजार भन्दा तल गएको नेप्से आज फर्किदै फेरि दुई हजार माथि कै विन्दुमा बन्द भएको छ। आज नेप्से परिसूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा बन्द भयो।

सरकारले स्थानीय तहको ६०% रकम निक्षेपमा गणना गर्न दिने निर्णयमा अर्थमन्त्रीले ब्याजदर घटाउन पर्ने सर्त मानेको कुरालाई बजारले सकारात्मक रुपमा लियो।

मंगलबार मात्रै १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम भोल्युममा सेयर बजार बढ्नुलाई लगानीकर्ताहरुले सेयर बेच्न नचाहेको बुझ सकिन्छ।

स्थानीय तहको रकमको ६० प्रतिशत निक्षेप गणना गर्न पाइने भएपछि बैंकहरुको सीडी रेसियो घट्ने र केहि हदसम्म बजारमा देखिएको तरलतालाई सम्बोधन गर्ने आकलन  गरिएको छ। किनभने यसले बैंकलाई कर्जा प्रवाह गर्न पनि थप सजिलो बनाउनेछ।  अर्थसन्सर

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *