‘सजाय मिनाहामा राष्ट्रपतिबाट अख्तियार दुरुपयोग भयो’

0 minutes, 0 seconds Read
Spread the love

रिगल विरुद्धको रिटमा मंगलबार बहस गर्दै न्यौपानेले व्यक्ति हत्या सम्बन्धी यो मुद्दा माफी दिने प्रकृतिको नभएको बताएका हुन्। बहसमा उनले भने, “राजनीतिक स्वार्थमा राष्ट्रपतिबाट संवैधानिक अधिकारको दुरुपयोग भयो।”

२०७२ असार २८ गते नेपालगन्ज–१६ स्थित सडकमा चेतन मानन्धरको हत्यामा अदालतबाट दोषी ठहर भएका रिगललाई राष्ट्रपति पौडेलले कैद मिनाहा दिएका थिए। त्यस विरुद्ध मानन्धरकी पूर्व पत्नी भारती शेर्पाले दायर गरेको रिटमा कात्तिक १४ देखि निरन्तर सुनुवाइ भएको हो। रिट सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा सुनुवाइ भइरहेकाे छ।

न्यायको माग गर्दै भारतीले अनशन जारी राखेकी छन्। राष्ट्रपति पौडेलले २ असोजमा रिगल सहित ६७० जनाको सजाय कट्टा गरेका थिए।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *