प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिए संसदीय व्यवस्था चल्न गाह्रो : डा. शेखर

0 minutes, 0 seconds Read
Spread the love

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिँदा संसदीय व्यवस्था नै चल्न गह्रो हुने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले सांसदले बहुमत जुटाएर सरकार गठन गर्ने संविधानको व्यवस्था नै दोषपूर्ण रहेको बताए ।

संविधानमा एकल, बहुमत र त्यो नभए दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने व्यवस्था छ । त्यसपछि अल्पमतको सरकार बनाउने विकल्प छ । अल्पमतका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके कुनै पनि सांसदले विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा नियुक्त गर्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार २०७८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए भने हालै मात्र कोशी प्रदेशमा कांग्रेस प्रदेश सांसद केदार कार्की मुख्यमन्त्री बनेका छन् । कांग्रेसबाट विद्रोह गरेका कार्कीलाई एमालेसँग मिलेर सरकार बनाउन भूमिका खेलेका कोइरालाले यो प्रवधान गलत भएको बताए ।

सविधान बनाउँदा नै गल्ती गरेको भन्दै उनले अघि भने, ‘प्रधानमन्त्रीलाई एकचोटी पनि विघटन गर्ने अधिकार नदिने हो भने संसदीय व्यवस्था चल्न गाह्रो हुन्छ । यो प्रावधान हटाउनुपर्छ ।’
अनलाइनखबर

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *