ललितपुर, चैत – काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूलाई निशाना बनाउँदै  पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चारगृहमा तोडफोड गरेका छन्।

यस घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण जनाउँदै ललितपुरका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई तुरुन्त कारबाहीको माग गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रता माथिको आक्रमणलाई अस्वीकार्य बताउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष रामहरि कार्कीद्वारा जारी विज्ञप्तिमा सरकारले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने उल्लेख छ।

महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आग्रह गर्दै यस्ता घटनाहरू दोहोरिन नदिन नेपाल सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ। साथै, पत्रकारहरूको सुरक्षालाई सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय