सैलुङ ,भदौ १।जनै पूर्णिमाको अवसरमा दोलखाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल सैलुङमा लाग्ने मेलामा हजारौं भक्तजनले भरेका छन् ।

सैलुङको सय थुम्कामा जनै पूर्णिमाको २ दिन अघि लागेको ऐतिहासिक मेलामा हजारौंको सङ्ख्यामा तिर्थालु पुगेका हुन् ।

ऐतिहासिक सैैलुङ मेलामा धामी झाँक्री गुफा बस्ने, मृतकको सम्झनामा बत्ती बाल्ने तथा पूजा अर्चना गर्ने गरिन्छ । झण्डै ७ सय वर्ष अघिदेखि सैैलुङमा मेला लाग्ने गरेको विश्वास रहँदै आएकाे छ ।

सैलुङ मेलाका क्रममा भएका फोहोर महिलाको व्यवस्थापन तथा सरसफाइ गाउँपलिकाले गर्ने सैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबू श्रेष्ठले बताए ।

 

पछिल्लो समय सडकको अवस्था राम्रो भएपछि दोलखासहित रामेछाप, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश भक्तजनहरु हिँडेर र बस तथा निजि सवारी साधन चढेर सैैलुङ पुगेका थिए ।

यो पनि पढ्नुस
ऐतिहासिक सैलुङ मेलामा स्वतन्त्र वैदेशिक उद्दार श्रमिक संघको अध्यक्ष डिबि लामा र मेलुङ गाउँपालिका घ्याङको समाजसेवी मान बहादुर थोकरको संयुक्त आयोजनामा भक्तजनहरुलाई निशुल्क चिया बिस्कुट वितरण गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय