काठमाडौं ।बर्गर हाउस एन्ड मेलुङ थकाली किचेन र ईसेवा बिच छुट दिने सम्झौता भएको छ। बर्गर हाउस एण्ड मेलुङ थकाली किचन त्रिभुवन विमानस्थल साखामा ईसेवामार्फत ग्राहकले भुक्तानी गरे १५ प्रतिशत छुट दिइनेभएको छ।
बर्गर हाउस एण्ड मेलुङ थकाली किचेनमा आउने ग्राहकलाई थप सुविधा दिने उद्धेश्यले ग्राहकले ईसेवा मार्फत खानाको रकम भुक्तानी गर्नेलाई १५ प्रतिशत छुट दिने गरी सम्झौता भएको छ।
बर्गर हाउस एण्ड मेलुङ थकाली किचनमा ईसेवासँगको सम्झौताले ग्राहकलाई थप फाइदा पुग्ने संचालक बसन्त लामाले बताए।पहिलो चरणमा त्रिभुवन विमानस्थलमा सञ्चालित बर्गर हाउस एण्ड मेलुङ थकाली किचनमा छुट दिने र विस्तारै अन्य शाखाहरुमा पनि ग्राहकहरुले ईसेवामार्फत भुक्तानी गर्दा छुट दिने व्यवस्था गर्न लागिएको सञ्चालक लामाको भनाइ छ।त्रिभुवन विमानस्थलमा बिगत दुई बर्ष देखी ग्राहकलाई २४ सै घन्टा खुल्ला गरि सेवा दिइरहेको छ।












