काठमाडौ। खमेश श्रेष्टको कथा/निर्देशनमा सगुन इन्टरटेनमेन्ट एण्ड एडभरटाइजीङ्ग प्रा.लि.काे प्रस्तुती रहेको नेपाली सामाजिक टेलि सिरियल सृष्टि को ट्रेलर आज Sristhi Telefilm युट्युब च्यानलबाट सार्बजानिक गरिएको छ। यस टेलि सिरियललाई रामेछाप र दोलखाको संगम पर्यटककीय स्थल सैलुङ्ग, सिन्धुलीको मुलकोट काठमाडौको शंखरापुर ८ घुमारचोकमा छायांकन गरिएको सृष्टि टेलिफिल्म को ट्रेलर सार्बजानिक तथा पत्रकार सम्मेलन कार्यक्रम आज गरिएको थियो।
यहि बैशाख १३ गते बिहिवार देखि हरेक हप्ताको बिहीबार बेलुका ७ बजे प्रसारण हुने निर्देशक खमेश श्रेष्ठले बताएको छ। यस टेलि सिरियलको निर्माता सुरेन खड्गी र सृजना खड्गी हुन भने रामकृष्ण कँडेलको छायांकन रहेको छ। कल्पेश बिस्वकर्माको सम्पादनमा कथा, निर्देशन खमेश श्रेष्ठको रहेको छ।
यस टेलि सिरियलमा मुख्य भुमिकामा बालकलाकार सृष्टि खड्गी हुन भने निरुता लामा,लक्ष्मण बिक्रम बस्नेत ,रश्मि भट्ट ,पदम राई,राजेन्द्र गिरि,सुप्रभा अधिकारी मुख्री पात्रहरु हुन भने बिरेन्द्र राना,अनिता श्रेष्ठ ,रोदा राई,मनिष लामा,सागर तामाङ,दिपक गिरि,छिरिङ दोङ,सगर लामा सहितको अभिनय रहेको छ।
यस टेलि सिरियललाई समाजमा बास्तबिक जीवनमा आधारित महिला हिंसा, जातीय विभेद,बाल शोसन,बालबिबाह,छौपडी प्रथा जस्ता सामाजिक बिसङ्गती आदि कथा बस्तुलाई समेटेर निर्माण गरिएको निर्देशक खमेश श्रेष्ठले बताउनु भयो।
सृष्टि टेलि सिरियल हरेक हप्ताको बिहिबार बेलुका ७ बजे Sristhi Telefilm युट्युब च्यानल मार्फत प्रसारण हुने जानाकारी गराउँदै सबैले आउने बिहिबार ७ बजे प्रसारण हुने सृष्टि सिरियलको पहिलो भाग हेरेर सल्लाह सुझाब गरिदिन हुन निर्देशक खामेश श्रेष्टको आग्रह।
सृष्टि सिरियलको ट्रेलर हेर्नुहोस: