रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

  • प्रेस सेन्टरले भन्यो– मिलनलाई संगठनको सबै जिम्मेवारीबाट हटाइएको छ
  • काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले निस्कासन गरेको जनाएको छ ।

    लिम्बु प्रेस सेन्टरको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए । उनी माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेर निर्वाचनको तयारीमा होमिएका थिए । उनै लिम्बुलाई रास्वपाले विहीबार उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    उनले संगठनको ‘नीति, विधि, विधान र आचरण विपरीत’ काम गरेको आरोप प्रेस सेन्टरले लगाएको छ । प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले आज विज्ञप्ति जारी गर्दै लिम्बुलाई आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएकोे जनाएका छन् ।