शैलुङ कार्तिक । बिजय दशमी २०८० को उपलक्ष्यमा शैलुङ गाउँपालिकाको वडा ३ शैलुङ देउराली समाजले आयोजना गरेको दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता हिजो सम्पन्न भएको छ ।
दोस्रो वडा स्तरीय फुटबल प्रतियोगितामा शैलुङ गाउँपालिकाको वडा ३ बोत्ले युबा क्लब बिजय भएको छ । प्रतियोगिताको अन्तिम खेल बोत्ले युबा क्लब र शैलुङ मगर समाज शैलुङ १ बिच प्रतिस्पर्धा भएको थियो भने शैलुङ मगर समाजलाइ २ गोलको अग्रताले बोत्ले युबा क्लबले बिजय हासिल गरेको छ ।प्रथम बोत्ले युबा क्लबले सिल्ड,मेडल,प्रमाणपत्र र नगद रु ३० हजार प्राप्त गरेको छ ।फुटबल प्रतियोगितामा उत्कृष्ट गोलकर्ता बोत्ले युबा क्लबको दिपेश श्रेष्ठले प्राप्त गरेको छ भने उत्कृष्ट खेलाडी शैलुङ मगर समाजको निशान मगरले प्राप्त गरेको छ त्यसै गरि उत्कृष्ट गोलकिपरमा शैलुङ मगर समाजको रबिन मगरले प्राप्त गरेको छ र उत्कृष्ट डिफेन्डिङमा बोत्ले युबा क्लबको सुक्र तामाङले प्राप्त गरेको छ ।
शैलुङ देउराली समाजले आयोजना गरेको वडा स्तरीय फुटबल प्रतियोगिताको बिजेताहरुलाइ शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबू श्रेष्ठले पुरस्कार वितरण गरेको थियो । वडा स्तरीय फुटबल खेल ४ गते बाट सुरु भएको थियो भने खेलको उदघाटन दोलखा जिल्ला क्षेत्र न १ प्रदेश माननीय कुन्दनराज काफ्लेले गर्नुभएको थियो । वडा स्तरीय फुटबल खेलमा शैलुङ गाउँपालिकाको १२ टिम सहभागी रहेको थियो ।वडा स्तर फुटबल खेललाई सफल बनाउन सहयोग गर्नु हुने विभिन्न ब्यक्ति,संघ सस्था,व्यावसायिहरुलाइ सम्मान सहित आगामी दिनमा सहयोग गर्नु हुन्छ भन्ने आशा सहित धन्यवाद दिनु हुँदै आगामी दिनहरुमा निरन्तर खेल आयोजना गर्ने शैलुङ देउराली समाजको अध्यक्ष दिनेश श्रेष्ठले बताए ।












