ललितपुर ।ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य विजयी भएका छन् ।संघको ४४ औँ वार्षिक साधारसभाले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा सुसन महर्जन, उद्योगतर्फको उपाध्यक्षमा आपुलाल अवाले, वाणिज्यतर्फको उपाध्यक्षमा सुनिल शाक्य र संस्थागततर्फको उपाध्यक्षमा रमेश सिं महर्जन विजयी भएका छन् ।
त्यसैगरी महासचिव पदमा भूमी नन्दन बज्राचार्य र कोषाध्यक्षमा पदमा राजु महर्जन निर्वाचित भएका छन् ।
अर्कोतर्फ उद्योग क्षेत्रबाट कार्यसमिति सदस्यमा अनिल महर्जन, गुणकेशरी ताम्राकार, प्रविण ताम्राकार, प्रबिन बज्राचार्य, सजना क्षेष्ठ (नेम्कुल) र सुदीक्षा डंगोल चयन भएका छन् भने वाणिज्य क्षेत्रबाट प्रशमराज बज्राचार्य, बिक्रम बज्राचार्य, महेश्वरलाल खोसीँ, राजेशराज बज्राचार्य, विमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य विजयी भएका छन् ।संघले दिएको जानकारी अनुसार संस्थागत क्षेत्रबाट कार्यसमिति सदस्यमा पूर्णबहादुर महर्जन निर्वाचित हुनाका साथै एशोसियटका तर्फबाट रबी महर्जन निर्विरोध निर्वाचित भएका छन् ।












