काठमाडौं । केही दिनदेखि देशभर झरी परेको छ । मनसुन सक्रिय भएका कारण पूर्वदेखि पश्चिमसम्म नै झरी परेको हो ।
पछिल्लो ६ घण्टामा सप्तरीको बरमझियामा ६३ मिलिमिटर पानी परेको छ । यस्तै झापाको कन्काई र नवलपुरको देउराली मापन केन्द्रमा ७५ मिलिमिटर वर्षा भएको छ । पोखरा, लमजुङ्, गोरखा, पाल्पा, मकवानपुर, तनहुँ, बाजुरा लगायतका जिल्लामा पनि ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लामो झरीका कारण बाढी र पहिरोको उच्च जोखिम भएकाले नदी किनार र भिरालो जग्गामा बसोबास गर्नेहरुले सर्तकता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
गएको आइतबारदेखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित हुन थालेको छ । भोलि शुक्रबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भोलि बेलुकादेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।












