ललितपुर,भदौ २।तामाङ पत्रकार संघ जिल्ला शाखा ललितपुरले २९औं तामाङ प्रसारण दिवसको अबसरमा तामाङ मिडियामा तामाङ भाषाको प्रयोग र प्रभावकारिता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा तामाङ पत्रकार संघका संघीय सचिवालय सदस्य साइला लामाको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।
विसं २०५१ साल भाद्र १ गते रेडियो नेपालमा तामाङ भाषाको कार्यक्रम संचालन भएको थियो भने सोही समयदेखि तामाङ पत्रकार संघले केन्द्रदेखि जिल्लासम्म तामाङ प्रसारण दिवस मनाउँदै आएको र प्रसारण दिवसलाई चाडपर्वको रुपमा पनि लिँदै आएको तामाङ पत्रकार संघ ललितपुरको अध्यक्ष प्रकाश थिङले बताए ।
कार्यक्रममा तामाङ पत्रकार संघ केन्द्रीय समिति सदस्य रमिता बल ,तामाङ पत्रकार संघ केन्द्रीय सदस्य जि बि लामा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सन्चु ब्लोन, नेपाल पत्रकार महासंघ जिल्ला शाखाको अध्यक्ष सागर न्यौपाने,ललितपुर तामाङ पत्रकार संघको संस्थापक अध्यक्ष रवीन्द्र ग्यापक तामाङ,,नेपाल प्रेस युनियन जिल्ला शाखाको अध्यक्ष केदारनाथ दाहाल, बागमती गाउँपालिका ४ को वडा अध्यक्ष रामकुमार लामा, कोन्ज्योसोम गाउँ पालिका वडा ४ नल्लुको वडा सदस्य धनमाया लामा र बागमती गाउँ पालिका वडा ४ प्युटारको वडा सदस्य राकेश बल लगायत अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संघका अध्यक्ष प्रकाश थिङको सभापतित्वमा सम्पन्न भएको थियो भने कबिराज तामाङले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय