काठमाडौँ
नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरूविरुद्ध प्रदर्शन गरेको छ। उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघले बैंकविरुद्ध शुक्रवार संयुक्त सडक आन्दोलन गरेका हुन्।
व्यवसायीले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न बाध्य भएको र उद्योगी व्यवसायीमा रहेको सिन्डिकेटका अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन्।
विरोध कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतंक बन्द गर्न र व्यवसायीलाई गरिखान दिन आवाज उठाइरहेको बताए। उनले देशका उद्योगी व्यवसायीको माग सम्बोधन हुन सबै व्यवसायी प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे।
त्यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमै गरिखान पाउनुपर्ने बताए। उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर् याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्नेमा जोड दिए।
उद्योग र व्यापारमा रहेको सिन्डिकेट अन्त्य सबै उद्योगी व्यवसायीको पहुँचसहितको बैंकहरूको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ।












