धनकुटा ,

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनको मिति नजिकिए संगै धनकुटामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा आंकलन गरिए पनि तथ्यले एमाले अग्रभागमा देखिएको छ । चुनावी लहर र मतदाताको आकर्षण हेर्दा जिल्लामा गठबन्धनका विरुद्ध एमाले बलियो देखिएको छ । काङ्ग्रेस लगायत विभिन्न दल एकै ठाउँ हुँदा पनि एमाले नै ससक्त देखिएको हो । चुनावी प्रचारप्रसार क्रममा जनताको प्रतिक्रिया साथ सहयोग र दिनदिनै पार्टी प्रवेशले गर्दा पनि नेकपा एमाले एक्लै पाँच दलीय गठबन्धन भन्दा अघि देखिएको छ ।

एमाले पक्षमा देखिएको चुनावी माहोल र स्थानीय तह निर्वाचन परिणाम अनुसार जिल्लाका ७ वटै पालिकामा गठबन्धनको अवस्थामा कुनै उत्साह देखिएको छैन, बरु असन्तुष्टिहरु छरपस्ट देखिएका छन् । गठबन्धनका कारण असन्तुष्टि काङ्ग्रेस लगायत पार्टीका नेता कार्यकर्ता एमालेकाे घरदैलो चुनावी सभाकाे अवसरमा जिल्ला भरका एकहप्ताकाे पेरिफेरिमा ५ सय भन्दा बढि एमाले प्रवेश गरेकाछन् ।यस्तै  प्रदेश निर्वाचन क्षेत्र नं २ का उम्मेदवार ईन्द्रमणी पराजुली लगायत पार्टीका नेताहरू टाेलिकाे मतदाता भेटघाट तथा चुनावी प्रचारप्रसार कार्यक्रमकाे अवसरमा  धनकुटा नगरपालिका वडा नं २ भिरगाँउ बाट ४० भन्दा बढि काङ्ग्रेस लगायत अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाछन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय