नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्।

केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई मंसिर ४ मा बिदा गर्नुपर्ने उनले बताए। नेकपा एमाले तुलसीपुर–१९ को निर्वाचन सम्पर्क कार्यालयको बिजौरिमा उद्घाटन गर्दै पोख्रेलले यस्तो बताएका हुन्।

‘जनतालाई मल चाहिँदा दिन सकेन, महँगी बढ्दा चुप लागेर बसेको छ,’ पोख्रेलले भने, ‘सत्ता स्वार्थमा डुबेको सरकारलाई बिदा गर्ने अवसर आइसकेको छ।’

गठबन्धन सरकार आएपछि जनजीविकाको अवस्थाले नै यो सरकारको हालत दर्शाइसकेको भन्दै पोख्रेलले जनता र राष्ट्रहितमा काम गर्न एमालेकै सरकार चाहिएको बताए।

‘यो सरकार काम गर्नका लागि होइन, स्वार्थसिद्धका लागि हो,’ पोख्रेलले भने, ‘जनताको काम गर्न त फेरि एमाले चाहिन्छ। मंसिर ४ मा गठबन्धन सरकारलाई बिदा गर्ने र एमाले सरकार बनाउने हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय