धनकुटा
नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र नं २ का उमेद्वार ईन्द्रमणी पराजुलीकाे जनता संग भेटघाट कार्यक्रम अन्तरगत आज पाख्रीबास नगरपालिकाको वडा नं ९ र १० का विभिन्न टाेलमा सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नं ९ र १० का जनता संग भेटघाट गर्दै ९ र १० का जनताले सडक र खानेपानीको समस्या समाधानको माग राखेपछि सडक बाटो र खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्वता जनाउनु भएको छ । उहाले स्थानियबासीहरु संग आफूले चुनाव जितेपछि बाकी रहेका आयोजना पुरा गर्ने र थप विकास निर्माणका कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

भेटघाट कार्यक्रममा प्रदेश सभा ख का समानुपातिक उमेद्वार शिव आङ्ला लिम्बू , पार्टीका प्रदेश कमिटी सदस्य ,जिल्ला कमिटी सदस्य , नगर अध्यक्ष , वडा अध्यक्ष , लगाएत स्थानिय नेताहरुको टोलीले वडा नं ९ र १० का जनता पार्टीका अग्रज नेता संग भेटघाट गर्नुभएको थियो । भेटघाटको क्रमा ९ नम्बरको वडाको मातिम्बु , चप्लेटि र १० नम्बर वडाका मार्घ टाेलमा पुगेका थिए ।














