धनकुटा
संघिय प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले पार्टी केन्द्रिय सदस्य जिल्ला इन्र्चाज राजेन्द्र कुमार राईले आफ्नो ५ वर्षे कार्यकाल भित्र धनकुटा जिल्लामा गरेकाकाम तथा विकास निमार्णको विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाछन् ।

राईले आज जिल्लामा पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो ५ वर्षे कार्यकाल भित्र धनकुटा जिल्लामा गरेका काम तथा विकास निमार्णको विषयमा जानकारी गराउने क्रममा २३ अर्व ६१ करोड ५५ लाख ५० हजार बराबरको काम भएको जानकारीदिनु भएको छ । त्यस्तै गरी उहाँले राष्ट्रिय गौरवको आयोजनामा ७ अर्व गरेर जम्मा ३० अर्व ६१ करोड ५५ लाख ५० हजार बराबरको संघीय सरकारबाट भौतिकपूर्वाधार,कृषि, पर्यटन,शिक्षा , खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रमा आफ्नो पहलमा बजेट ल्याइएको जानकारी दिनु भएको छ । समृद्ध धनकुटा र सुखी धनकुटेली को लागी निवार्चनको समयमा जनतामाझ गरेका प्रतिबद्धता पुरा गर्न सफलभएको उहाँको दाबी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय