साउन ३१ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताउनुभएको छ ।

आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएपछि अध्यक्ष दाहालले आफूहरु सँगै उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताउनुभयो । पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने सहमती भएको दाहाललको भनाई छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग पनि एकताका लागि संयोजन समिति बनाउने तयारी भइरहेको दाहालले बताउनुभयो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताउनुभएको छ । उहाँले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गर्नुभयो । मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको भन्दै भट्टराइले आगामी दिनमा वृहत अग्रगामी शक्तिको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको लक्ष्य रहेको बताउनुभयो ।समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको भट्टराईले बताउनुभयो ।












