साउन ५,
आज बिहिबार बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ। त्यस्तै, प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहिबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहनेछ । साथै देशका पहाडी भू(भाग र अन्य भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम र प्रदेश(१ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
बिहिबार राति भने देशका पहाडी भू(भागमा सामान्यदेखि पूर्ण रुपमा बदली हुनेछ । त्यस्तै, बाँकी भू(भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। साथै देशका पहाडी भू(भाग र अन्य भू(भागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।












