बैशाख ४
सहिद भुमि वडा नं ३ मा बृहत युवा भेलाले आज सुधिर राईको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल सहिदभूमि वडा नं ३ वडा कमिटीले बैशाख ३० गते हुनगएको आशन्न स्थानीयतहकाे निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरिएको हाे ।

गठित प्रचारप्रसार समितिले नेकपा एमाले पार्टीको घाेषणा पत्र , एजेन्डा ,भिजन , वडाको घाेषणा पत्रकाे व्यापकरुपमा प्रचारप्रसार गरि जनता माझ पुर्याउने काम गर्नेछ । नेकपा(एमाले)धनकुटा जिल्ला सचिवालय सदस्य एवं जिल्ला पार्टी स्कुल बिभाग प्रमुख मनोज राईको प्रमुख आतिथ्यता वृहत् युवा भेला तथा निर्वाचन परिचालन प्रचारप्रसार समिति गठन कार्यक्रम सम्पन्न भएको थियोे । त्यस्तै गरि सहिदभूमि गाउकमिटीका अध्यक्ष नीर राई , उपाध्यक्ष मातृका राईको बिशेष आतिथ्यता थियोे ।












