चैत २१
गठबन्धन सरकारले जनताको लागि अघि सारेको राम्रा कार्यक्रम बजेट काटेर जनताको टाउको माथि खेलबाड गर्ने काम भएको प्रदेश १ का पुर्व प्रथम मुख्य मन्त्री सेरधन राईले बताउनु भयो ।

महालक्ष्मी नगरपालिकाको वडा नं ६ र ७ स्थित निमार्ण गरिएको वनझाक्रि पार्कको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका देखि अर्को पालिका जोड्ने सडक स्थानिय तहमा एकै पटक शिलान्यास गरिएको स्वास्थ्य भवनको बजेट तथा कार्यक्रम केन्द्र देखि प्रदेश सम्म काटेर जनताको टाउको माथि खेलबाड गर्ने काम भएको बताउनु भएको हो । त्यस्तै उहाले

औपचारिक रुपमा भारत भ्रमण गएका प्रधानमन्त्री सेर बहादुर देउवा भारतिय जनता पार्टीको कार्यलयमा गएर कुटनितिक म¥यादा बिर्सैर इतिहासमा कुनै पनि प्रधानमन्त्रीले यस्तो काम गरेको थिएन् यो प्रधानमन्त्री बाट देश र जनताको सिर झुकाउने काम भएको टिप्पणी गर्नु भयो  । महालक्ष्मी नगरपालिकाको जनताको जीवन रुपान्तरण हुने गरी काम गरिरहेको प्रदेश १ सदस्य एवंम न्यायप्रशासन तथा विद्यायन समितिका सभापति इन्द्रमणि पराजुलीले दावी गर्नुभयो । महालक्ष्मी नगरपालिका भित्र स्थानिय सरकार आएपछि विकासको कामले अग्रगामी रुपमा फड्को मारेर अगाडि बढिसकेको बताउनु भयो । साथै उहाले यो आर्थिक वर्ष नगरलाई फुसको छाना मुक्त घोषणा गर्ने बताउनु भयो । नगर उपाध्यक्ष मन्जु कार्की अधिकारीले पनि स्वागत मन्तव्य राख्दै महालक्ष्मी नरपालिकामा पर्यटकीय क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको बताउनु भयो ।

प्रदेश १ सरकारको भ्याट बाहेक कुल रकम २ करोड ८३ लाख ७९ हजार ६ सय ५५ रुपैयाँ बराबर लगानिमा नगरले पर्यटन क्षेत्रको विकास तथा प्रवद्धनका लागि निमार्ण गरिएको वनझाक्रि पार्क नगर अध्यक्ष पर्शुराम नेपालको अध्यक्षतामा प्रदेश १ का पुर्व प्रथम मुख्य मन्त्री राईले उदघाटन गर्नु भएको हो । सोहि अवसरमा नगरगितको रचनाकार कृष्ण कुमार राना र नगरको लोगो डिजाइनर मुकुन्द प्रयासलाई नगद २० हजार सहित सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो । त्यस्तै नगरभित्रका पूर्वजनप्रतिनिधिहरुलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय