फागुन २५ ,
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै छन् । त्यहाँ राखिएको एक पार्टी प्रवेश कार्यक्रमका लागि उनी विराटनगर जान लागेका हुन् ।
विराटनगरमा मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार अग्रवाल एमाले प्रवेश गर्ने भएपछि ओली विराटनगर जान लागेका हुन् । अग्रवाल नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए ।
तर, पछिल्लो समय माओवादी केन्द्रको नेतृत्वमाथि प्रश्न उठाउँदै आएका उनी आज एमालेमा प्रवेश गर्ने भएका हुन् ।
उनी एमाले प्रवेश गर्ने भए पछि माओवादी केन्द्रले उनीमाथि कारवाहीसमेत गरेको थियो । उनलाई मेयरबाट निस्कासन गर्न निर्वाचन आयोगलाई समेत नेकपा माओवादी केन्द्रले पत्राचार गरिसकेको छ ।साभार फरधार












