माघ २५ ,
धनकुटा नगरपालिकाको विभिन्न वडामा स्मार्ट भिलेज अभियान अन्तरगत चालु अर्थिक वर्ष सञ्चालित अयोजनाको आज अनुगमन तथा निरिक्षण गरिएको छ । धजकु्टा नगरपालिकाको मेयर चिन्तन तामाङको नेतृत्वमा हाईटेक भोजिटेबल फार्मिङ, नर्सरी सुधार कार्यक्रमको निरक्षण तथा अनुगमन गरिएको हो ।

मेयर चिन्तन तामाङ अनुगमन का क्रममा राधाराईको हाइटेक भित्र गरिएको काउली खेती
अनुगमन तथा निरीक्षणका क्रममा धनकुटा नगरपालिकाको प्रशासकिय अधिकृत राम बहादुर थापा , पर्डेप नेपाल धनकुटाका कार्यक्रम कोडिनेटर मिन सुवेदि , कृषि विशेषज्ञ सुर्यप्रसाद साप्कोटा , पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई , उपाध्यक्ष विदुर खवास विभिन्न मिडियामा कार्यरत पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।


नर्सरी राधाराईको ,
अनुगमन तथा निरिक्षण पछि मेयर चिन्तन तामाङले कृषिमा आधुनिकिरण तथा किसानको जिवन स्तर सुधारका लागि सञ्चालन गरिएको कार्यक्रमबाट किसान लाभाम्वित हुनुका साथै आयस्तर आम्दानिको स्रोतमा वृद्धि भइरहेको बताउनु भयो । उहाँले कार्यक्रम प्रभावकारी भएको पनि जानकारी दिनु भयो ।

धनकुटा नगरपालिका , युएनडिपि र पर्डेप नेपाल धनकुटाको साझेदारीमा स्मार्ट भिलेज कार्यक्रम अन्तरगत नगर भित्रका विभिन्न वडामा योजनाहरु सञ्चालन भईरहेको छ ।












