यही पौष ४ गतेका दिन नेपाली कांग्रेस शुभेच्छुक संस्था Center of Democratic Engineer’s Nepal (CDEN) को छैठौं महाधिबेशन हुने भएको छ । यस संस्थाको महाधिबेशन सभ्य अनि भब्य तरिकाले सम्पन्न हुँदै छ । अहिले सबै जना आफ्नो पक्षमा अत्यधिक मत ल्याउनका लागी होडबाजी चलिरहेको छ । कस्को प्यानलले जित्ने भन्ने कुरामा बढी प्रतिस्पर्धा भएको देखिन्छ ।
यतिबेला उमेश प्रसाद थानीको प्यानल आफ्नो पक्षमा बढी मत ल्याउनका लागी कसरत गरेको छ । यस प्यानलको तर्फबाट युवा नेतृत्व कौशल केसीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । कौशल केसीले आफ्नो प्यानल सहित आफुलाई कोषाध्यक्ष पदमा बिजयी गराईदिनुहुन अनुरोध गरेका छन् । साथै बिजयी भएपछि केसीले बिश्वसनिय तथा ईमान्दारिता पुर्वक आफ्नो भुमिका निभाउने बाचा गरेका छन् ।
यस टिमलाई हाम्रो तर्फबाट अग्रिम बधाई एबं सफलताको लागी शुभकामना ब्यक्त गर्दछौ ।