चर्चित रियालिटी शो “आँगन” का बिजेता आइते तामाङ खेल र राजनीती दुबैमा अब्बल

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । कलाकारिता होस् या पत्रकारिता दुवैमा अव्वल रहेका व्यत्ति हुन् आईते तामाङ । राजधानीलाई कर्मथलो बनाउँदै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका आइते तामाङ सानैदेखी हक्कि स्वभावका र सबैसँग मिलनसार छन् । उनी कलाकारिता क्षेत्रमा फरक पन खोजि रहेका हुन्छन् । जुन खोजले उनलाई नेपाल टेलिभिजनबाट प्रशारण हुने तत्कालीन समयको चर्चित रियालिटी शो ‘ आँगन’मा बिजेता बनाउँन सफल भयो । उनलाई त्यो समयमा फुच्चे माईकल ज्याक्सनको उपनाम समेत दिलायो ।

रियालिटी शो ‘आँगन ’ कार्यक्रमबाट दर्शकमाझ परिचित भएका आइते केही कला केन्द्रहरुमा नृत्य प्रशिक्षकको रुपमा समेत काम गरे । उनको मनमा एकै ठाउँमा काम गर्ने मनसाय नभएपनि बाध्यताले उनी नृत्य प्रशिक्षणमा खुम्चिएर बसे । अरुकोमा जागिर खानुपर्छ भन्ने कहिलै उनमा थिएन र जसका कारण आफै नै ‘स्टार आर्ट डान्स स्टुडियो ’ खोले । उनले यो मल्टी स्टारहरुको उत्पादन गर्ने लक्ष्यका साथ संस्था सञ्चालनमा ल्याएको बताए ।

आईतेले खोलेको यस स्टार आर्टले धेरै प्रतिभाहरु जन्माई सकेको छ । धेरै जना सेलिब्रेटी बनेका छन् । आफ्नो स्टुडियोबाट उत्पादन भएर चर्चामा कलाकार देखेर उनी दंग देखिएका छन् । उनी युवाहरुले मन पराउँने बि बोईङ नृत्यको सुरुवात देखि त्यसबाट सबै भन्दा धेरै अवार्ड दिलाउन सफल भएका छन् ।अन्तराष्ट्रिय खेल पार्करलाई उनले नेपालमा भित्राए भने त्यही खेलबाट दिनेश सुनारले चार पटकसम्म गिनिज बुकमा नाम लेखाइसकेका छन् ।त्यस्तै चर्चित फ्रेन्चाईच रियालिटी शो ‘बुगी बुगी’मार्फत कबिता नेपाली उत्पादन गरे । त्यस्तै फिल्म प्रेम गीत ३ की बालनायिका योगिशा खत्री समेत स्टार आर्टका उत्पादन हुन् । यहिबाट बाल कलाकार रोहित थापा अहिले चलेका कलाकार हुन् ।

युवाहरुको प्रेरणाको श्रोत बनेका आईते कलाकारितामा मात्र छैनन्, उनी एक समाजसेवी र राजनीतिज्ञ पनि हुन् । तत्कालीन नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसिएलको महानगर ९ नं. वडाध्यक्ष र वाईसिएल जिल्ला सदस्यदेखि साँस्कृतिक विभाग प्रमुखसम्म बनेका आईते हाल नेकपाकै राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकसँग आवद्ध छन् । उनले कलाकारिता मात्र नभई राजनीतिमा पनि सक्रिय भएर देशको ना उच्च बनाई राख्ने लक्ष्य लिएका छन् । यसमा उनले आफ्नो परिवार र साथीभाईलाई सफलताको श्रेय दिएका छन् ।