देशका नागरिकहरुले यतिखेर कोरोना महामारी, बाढी, पहिरो तथा डुवान जस्ता प्राकृतिक विपद्को कारण सृजित धेरै ठुला जन धनको क्षेतिको सामना गरिरहनु परेको अवस्था छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या साठी पुग्न लागी सकेकोछ भने संक्रमितको संस्या उन्नाइस हजार नागीसकेको छ । तिनै तहका सरकार तथा मातहतका कार्यालयहरु र सम्पुर्ण सरोकारवालाहरु यि प्राकृतिक विपद्बाट नागरिकहरुलाई पर्न गएको समस्या न्युनिकरण, राहत तथा उद्धार, पुर्नस्थपनाको लागि जुट्नु पर्ने वेलामा अर्को वेमौसमीको वाजा भने झै सत्तारुट नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले सवैको ध्यान केन्द्रित गरेको छ । एक जिवन्त पार्टी भित्र छलफल, वहस तथा केहि विवाद हुुनु कुनै अनौठौ विषय त हैन तर पार्टी भित्र जुन समस्या देखिएकोछ त्यसले नेपाल कम्युनिष्ट पार्टीका मतदाता, आम कार्यकर्ता तथा सम्पुण नागरिकहरुलाई चिन्तित तुल्यायको छ ।
वि.स. २००६ मा स्थापना भएको नेपालको कम्युनिष्ट पार्टीको सत्तरी वर्षे इतिहासमा विचार र सिद्धान्तको कारणले भन्दा व्यक्ति तथा समुहको आग्रह पुवाग्रहको कारण हुने गरेको टुटफुट र विभाजनको दुःखदायी शृङ्खलालाई अन्त्य गर्दै देशलाई राजनैतिक स्थाईत्व दिदै देशलाई समाजबाद हुदै साम्यवाद सम्म पुर्याउने महान उदेश्यका साथ दुई धु्रवमा फर्किएर रहेका ठुला पार्टीहरु विच वि.सं २०७५ साल जेष्ठ ३ गते भएको पार्टी एकताको स्पिरिटमा यो एक वर्षको अन्तरालमा नै ठेस लाग्ने होकी भन्न आसंका उत्पन्न भएको छ ।
नेपालको राजनितिक इतिहासमा अठाइस सालको झापा विद्रोह हुँदै १६ वर्ष जेल जिवन बिताउदै राजनैतिक परिवर्तनमा ठुलो योगदान पुर्याएका क के.पी. शर्मा ओली तथा १० वर्षिय सशस्त महान जनयुद्ध तथा जनआन्दोलनको नेतृत्व गर्दै नेपाली राजनितिको केन्द्रमा रहेका क पुष्पकमल दाहाल प्रचण्ड को आँट तथा साहशको कारण एकता गराई नेपाली नागरिकहरुमा नयां आसा दिन सफल भएको यो पार्टी अहिले तिनै दुई नेताहरु विच देखिएको असमझदारीको कारण संकटको अवस्थामा पुगेको भान हुन थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको हाल चलिरहेको स्थाई समितीको वैठकमा छलफल भईरहेको विषयहरु हेर्दा न प्राकृतिक विपद् कोरोना (कोभिड–१९), बाढी, पहिरो तथा डुवानको समस्याबाट कसरी नागरिकहरुलाई जोगाउने भन्ने छ भने न पार्टीका बाँकी रहेका एकताका कार्यहरु पुरा गर्ने ? कसरी देशलाई समाजवाद उन्मुख बनाउने ?, कसरी समृद्ध नेपाल बनाउने ? भन्न कुनै पनि विषय छैन । अहिलेको विषय हेर्दा मुख्य गरी प्रधानमन्त्रिका कार्यशैलिगत विषय रहेको देखिन्छ । स्थाई समितीको वैठको सुरुमा कोरोना (कोभिड–१९), बाढी, पहिरो सम्बन्धि विषय थियो भनिएता पनि पछि प्रधानमन्त्रि के.पी.शर्मा ओलीले आफ्नै पार्टी नेतृत्व भारत संग मिलेर सरकार ढाल्न लागेको भन्ने जुन खालको गैह्र जिम्मेवारी पुर्ण कुरा वोले त्यसले पार्टीको स्थाई समितीको वैठकलाई अर्कै विषयमा लग्यो । त्यस पछि वैठक पुरै अर्कै विषयमा प्रवेश गर्यो ।
त्यस पछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रि वैठकमा नै नजाने तथा गए पनि आफ्नो कुरा राखेर हिड्ने र पार्टीको शक्तिसाली स्थाई समितीलाई नै अपहेलना गर्ने हर्कत गर्दै अन्तिम सम्म आइपुग्दा त पार्टी एकता तथा भावनाको मुल मर्म विपरित अर्का जेट पाइलट प्रचण्डलाई चुनौती दिदै छलफल नै नगरी एकतर्फी रुपमा स्थाई समितीको वैठक स्थगित गर्ने कार्य सम्म गर्न पछि परेनन् । पार्टीको वैठकमा आउने, आफ्ना कुरा राख्ने, असपष्ट भएका विषय वस्तुलाई स्पष्ट पार्ने, पार्टी एकताको मुल मर्म र भावनालाई कदर गर्दै पार्टीले गरेका निर्णयलाई मान्ने पार्टीको मुल्य मान्यतालाई ठाडो चुनौती दिदैे पार्टीका पहिलो अध्यक्ष तथा देशका प्रधानमन्त्रिले जुन खालको हर्कत देखाए यसले पार्टीका आम कार्यकता तथा नेताको सिर झुकाउने कार्य भएकोछ ।
नेपालको अतिक्रमति भुभाग समेटेर नक्सा निकाल्ने कामको नेपाली नागरिकहरुले प्रधानमन्त्रि प्रति जुन उच्च सम्मान प्रकट गरेका थिए, विधि र पद्धतीलाई चुनौती दिदै व्यक्तिले जे गरे पनि हुने भन्ने प्रधानमन्त्रिको अहिलेको भुमिकाको कारण नागरिकहरुमा पनि निराशा प्रकट भइरहेको देखिन्छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा स्थाई समितीका अन्य सदस्यहरुले पार्टीको अहिलेको छलफल भनेको विधि र पद्धतीको हो भनेर भनी रहेको देखिन्छ तर अध्यक्ष प्रचण्ड तथा वरिष्ट नेता माधव कुमार नेपाल, झलनाथ खनाल पक्षधर नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रि दुवैबाट राजीनामा दिनु पर्ने माग राखेको भन्ने बाहिर आएको समाचारको कारण नेकपा भित्रको झगडा पदको वार्गेनिङ मात्र हो भन्ने शन्देश गएको देखिन्छ ।
अर्को गम्विर कुरा पार्टीको अध्यक्षद्धोय तथा नेताहरु विच देखिएको गुटबन्दिीको कारण पार्टी नेता तथा कार्यकर्ताहरु विच पनि गुटबन्दिको अवस्था सृजना भएको छ । सामाजिक सञ्जालहरुमा कसैको देवत्वकरण तथा कसैलाई पुरै गाली गरेको पोष्टहरु भेटिन्छन् । पार्टी भित्र गुट र पक्ष विपक्षको गन्ध झन धेरै चल्न थालेको भान हुन थालेको देखिन्छ । फलाना ओली पक्ष, फलाना त प्रचण्ड माधव पक्ष भन्ने कुरा पार्टी केहि कार्यकताहरु खुलेरै बाहिर कुरा गर्न थालेको देखिन्छ । त्यसबाट स्थायित्व, विकास र समृद्धिको आसामा रहेका नागरिक, मतदाता तथा कार्यकर्ताहरुले के बुझ्लान ? कोरोना, बाढी, पहिरो तथा डुबानको समस्या भोगिहरका नागरिकहरु ले के बुझ्लान ?
उनिहरुले बुझ्ने भनेको पार्टी भित्रको पदको बाँडफाँड हैन । विचार हैन । विधि र पद्धती हैन । विपद्को कारण घर बगेकालाई वासको आवश्यक छ, खाना, कपडा र औषधी चाहियकोछ । तर त्यो उपलब्ध गराउने सरकार प्मुखको ध्यान कुर्चि जोगाउने तिर गएकोछ भने कोरोना, बाढी पहिरो प्रभावितहरुले प्रभावकारी रुपमा राज्यबाट सहयोग पाउन सकेका छैनन् । अर्कोतिर मेडियाहरुले वास्तविक कुराहरु भन्दा पनि नागहरुलाई भ्रमित पार्ने खालको विषयहरुलाई प्राथमिकता दिएको देखिन्छ । नागरिकहरुमा सत्तारुट दलमा यस्तो महामारीको समयमा उद्धार, राहत तथा पुर्नस्थापना भन्दा पनि पद बाँडफाँडको विषयले स्थान पाएको भन्ने धारणले प्रभाव पारेको देखिन्छ । फलस्वरुप पार्टीका स्थानिय कार्यकर्ता तथा नागरिकहरुमा नेकपा प्रति नकारात्मक धारणा बढेको देखिन्छ ।
नेकपा प्रति नागरिकहरुमा बढेको असन्तुष्टिलाई कम गर्नको लागि स्थाइ समितीको वैठकलाई नियमित विषयमा फर्काइ पद बाँडफाँडको विषयलाई दुई अध्यक्ष विचको सहमतीमा टुङ्गयाई प्राकृतिक विपद् व्यवस्थापन तथा प्रभावकारी सरकार सञ्चालन गर्न तत्काल लाग्नु पर्ने देखिन्छ । अव पार्टीको विषय भनेको जिम्मेवारी बाँडफाँड भन्दा पनि एकताको बाँकी काम गर्न, प्रभावकारी सरकार सञ्चालन, पार्टी प्रशिक्षण तथा देशलाई समाजवाद उन्मुख बनाउने योजना तयारी तथा कार्यान्वयन गर्न तिर केन्द्रित हुन आवश्यक छ ।
पार्टीका नेता कार्यकताहरुले पार्टी विभाजनलाई प्रसय दिने पक्ष विपक्षका क्रियाकलापहरु छाडेर पार्टी एकतालाई वलियो बनाउनको लागि ऐतिहासिक भुमिका खेल्न आवश्यक छ । जसले गर्दा नागरिकहरुमा नेकपा प्रति बढ्दै गएको असन्तुष्टिलाई हल गर्न सकिन्छ । यस तिर पार्टी अध्यक्षहरु, वरिष्ठ नेता, केन्द्रिय सदस्य, प्रदेश, जिल्ला तथा स्थानिय तहका नेता कार्यकताहरुले वेलैमा सोच्न आवश्यक छ । अन्यथा पछुताउनुको कुनै अर्थ हुने छैन ।
राम शरण विश्वकर्मा नेकपा, नगरकमिटी सदस्य तथा १३ न. वडा पार्टी कमिटी अध्यक्ष, चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक