प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल
जाजरकोट रुकुममा केही दिन अघि घटेको घट्नाले अहिले देशब्यापी रुपमा ठुलो रुप लिन लागेको छ । अन्तरजातिय प्रेमलाई बिवाहमा परिणत गर्छु भन्दा नवराज विश्वकर्मा लगायत अन्य ४ जनाको हत्या भयो । के साच्चै त्यहा मानवमा दया र मायाको भाव थिएन त ? के त्यहाका मानवहरुमा दानवहरुको जस्तै तुच्छ ब्यवहार बाहेक केही छैन त ? मानवमा दानवको ब्यवहार भएपछि कस्को के नै लाग्दो रहेछ र । मानवरुपी पशुहरुकै कारणले गर्दा नवराज विश्वकर्मा लगायत अन्य ४ जनाले ज्यान गुमाउनुपर्यो ।
मानवमा जातभात केहीपनि हुँदैन । माया प्रेममा त केवल दुई आत्माको मिलन मात्र हुन्छ । एक जातले अर्काे जातलाई प्रेम गर्न हुँदैन भन्ने कहाँ लेखेको छ र ? यदि नवराज विश्वकर्मा दलित जाती नभएर अर्काे जाती समुदायको हुन्थ्यो भने सम्मान सहित बिवाह पनि हुन सक्थ्यो । तर नवराज विश्वकर्मा दलित भएकै कारणले उनि लगायत अन्य ४ जनाको हत्या भयो ।
यो हत्या पनि योजनाबद्ध तरिकाले भएको भन्दै चर्काे बिरोध संगै हात खुट्टा बाधेर भेरी नदिमा फालेको मृत अवस्थाको फोटो सामाजिक सञ्जाल र बिभिन्न सञ्चार माध्यमहरुमा आएका छन् । साथै यतिबेला बिभिन्न ठाँउमा बिभिन्न संघ संस्था, मानव अधिकारकर्मी, दलित अधिकारकर्मी, युवा नेता र पत्रकारहरुद्धारा आन्दोलन, बिरोध सभाहरु भईरहेका छन् ।
सोही अवसरमा विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती काठमाडौं, नेपालले नवराज विश्वकर्मा लगायत हत्या भएका अन्य ब्यक्तिहरुलाई श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । हाम्रो यस वल्ड वाईड टिभि नेपाल डटकमको तर्फबाट मृतात्माहरुको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।
https://www.youtube.com/watch?v=zt1JjG_Qaf0