काभ्रे, (कोशिपारी)जिल्ला कोशिपारी चौरी देउराली गाउँ पालिका ५ तुसारेमा जन्म लिनु भयका मोडल तथा निर्देशक साथै काभ्रेली कलाकार समाजको नि-वर्तमान अध्यक्ष सबिन गौतमको केहि कुराहरु लाई वल्ड वाईड टिभि नेपाल डटकमबाट जोड्न गएका छौ ।
साथै कोरोना को संक्रमणले विश्व भर व्यापक छ । यो समय कोरना रोगले धनी-गरिब सरकारी – गैर सरकारी कुनै पनि व्यक्तिहरुलाई छोड्दैन कोरना पछि लकडाउनको समयमा कलाकार सबिन गौतम के गर्दैछन , हामिले गौतम संग केही आधिकारिक प्रश्नहरु गरेका छौ।
– कलाकार र मजदुरी मा सधै व्यस्त रहने मान्छे लकडाउनले घर भित्र थन्किनुपर्दा कस्तो महसुस भएको छ ?
यो समयमा मलाइ मात्र होइन हामी कलाकार मजदुर लगायत हाम्रो दर्शक श्रोताहरु सम्पुर्ण लाई समस्या परेको छ र मेरो कुरा गर्नुपर्दा आफ्नै घर निर्माणको काममा खेती किसान र सामाजिक काम भोलिन्टियर गर्दै आएको छु। अबचाहिँ लकडाउन लम्बिने हो। भने मजस्ता धेरै कलाकार मजदुर र दर्शक श्रोता हरुलाइ मर्का पर्ने देखेको छु ।
-लकडाउनमा तपाइले कसरी दिनहरु बिताउदै हुनुहुन्छ त ?
यो लकडाउन को समयमा आफ्नो घर भित्र बसि तिता- मिठा खाना बनाउने सामाजिक संजालमा दर्शक श्रोताहरु सँग दुख -शुख को कुरा हरु गर्ने रम्ने रमाउने र टिक टकमा रमाउने गर्दै यो दिन हरु विताउदै आएको छु ।
– हजुर त गित संगीत प्रेमी मात्र नभइ कलाकार पनि हुनुहुन्छ के कस्ता गित संगीत हरु हेर्नू र सुन्नु हुन्छ ?
सहि प्रश्न गर्नु भयो खुशी लाग्यो म केही सिक्दै छु नयाँ पिडिलाई सिकाउदै पनि छु । स्वयं म मोडल तथा निर्देशक भएकोले कथा वस्तुमा आधारित दोहोरी साथै आधुनिक गित हरु हेर्दै, सुन्दै र सिक्दै छु ।
-कोरना रोग बाट बच्न के- के गर्दै आउनु भयको छ ?
°कोरना रोग बाट वच्न धेरै भिड मा जादिन अपरिचित व्यक्ति सामु नजिक हुन्न हरेक समय हात धुन्छु सेनिटाइजर गोलोप्स र माक्स को उचित प्रयोग गर्दै साथै काचो खाने कुरा हरु नखाइ बसेको छु
-यो लकडाउन खुलेपछी पहिला हजुर कसलाई भेट्ने सोचमा हुनुहुन्छ ?
°यो रोग तत्काल निर्मुल त हुदैन तैपनी सेडुल बनाएको छु मेरो प्यारा दर्शक श्रोताहरुलाई भेट्ने छु। र दुख शुखको कुराहरु गर्ने र रमाउने छु ।
-मोडल पनि गर्नु हुन्छ साथै निर्देशक पनि गर्नु हुन्छ के यो २०७७ साल मा पहिले जस्तो तिज गित आउला त ?
°मेरो बुझाइ मा गाह्रो छ आयो भने कमै मात्र मा आउँछ मोडल डान्सर हरु जुटायर र सुटिङ इस्पोर्ट मा गयर सुटिङ गरेर सामाजिक संजाल मा गित भिडियो आउन धेरै गारो छ यो पटक दर्शक श्रोता हरुले पहिलेको गितहरुमा रम्न र रमाउन बाध्य हुनेछ्न ।
-सबिन गौतम भनेर चिन्ने सम्पुर्ण दर्शक श्रोता हरुलाइ र मजदुहरु लाई के भन्न चहानु हुन्छ त ?
°सम्पुर्ण मा अन्तमा नमन भन्न चहान्छु जहाँ हुनु हुन्छ सुरछित रहनु होला हरेक समय साबुन पानीले हात धुने , सेनिटाइजर , माक्स , गोलोप्स प्रयोग गर्नुहोला साथै आफू बाचौ अरुलाइ बचाउ अभियानलाई निरन्तरता दिई सरकार लाई पनि साथ सपोर्ट गर्नु होला भन्न चहान्छु ।
– अन्तमा हाम्रो अन्लाइन न्युज लाइ के भन्न चहानु हुन्छ ?
°अन्तमा मेरो दुख-शुखको र कोरोना विषयमा केही कुरा हरु टिपोट गर्दिनु भएकोमा हजुर लगायत वल्ड वाईड टिभि नेपाल डटकम युनिट का सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यबाद दिन चहान्छु।