राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं, नेपाल
प्रकाश बराईली “अभिब्यक्ती”

कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले फागुन २९ गतेका दिन आफ्नो स्थापना दिवसको अवसर पार्दै १९ औं बार्षिकोत्सव संगै “लोक दोहोरी दिवस” मनाएको छ । हालः यस संस्थाको नेपाल र बिदेशमा थुप्रै शाखाहरु स्थापना भैसकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकै नवनिर्मित भवन वरीपरी रहेका फोहोरलाई ब्यवस्थापन गर्दै सरसफाई अभियानबाट कार्यक्रमको सुरुवात गरिएको थियो । केन्द्रिय अध्यक्ष रमेश बिजिको अध्यक्षता तथा महासचिव सुवास केसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पुर्व अध्यक्ष चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्रि पंगेनी, समाजसेबी पृथ्बी थकाली, पशुपति शर्मा, खुमन अधिकारी, रमेशराज भट्टराई, शिब हमाल, कृष्ण रेउले, दिपक खड्का, पिएन सापकोटा लगायत धेरै कलाकारहरुको उपस्थिती रहेको थियो ।

आगामी बर्षहरुमा स्थापना दिवसको अवसर पारेर लोक दोहोरी दिवस मनाउने निर्णय भएको जनाउदै यस अभियानमा सबैले साथ दिने कुरामा बिश्वस्त रहेको कुरा केन्द्रिय अध्यक्ष रमेश बिजीले बताए । साथै यस अभियानलाई नेपाल सरकार सामु छिट्टै प्रस्ताव राख्ने र सार्वजनिक बिदा घोषणाको प्रस्ताव पनि राख्ने योजना भएको कुरा अध्यक्ष बिजीले बताए ।

यस संस्थाको प्रत्येक बर्ष बार्षिकोत्सव संगै लोक दोहोरी दिवस मनाउने निर्णय भएको र कोरोना भाईरसका कारण रनिङ शिल्ड दोहोरी गीत प्रतियोगीता पनि केही समयका लागी रद्ध भएको जानकारी गराउदै आगामी दिनमा बृहत रुपमा कार्यक्रम आयोजना गर्ने कुरा रमेश बिजीले जानकारी गराएका छन् । लोक दोहोरी दिवस मनाउने कुरा अचानक निर्णय भएको हुँदा धेरैलाई खवर गर्न नपाएको भन्दै अध्यक्ष रमेश बिजीले क्षमा याचना गरेका छन् ।

लोक दोहोरी दिवस मनाउने प्रस्तावलाई नेपाल सरकारले स्विकार गर्ने कुरामा धेरै कलाकारहरु बिश्वस्त रहेका छन् । फागुन २९ गतेका दिन बिभिन्न कलाकारहरुले आफ्नो सामाजिक सञ्जालमा लोक दोहोरी दिवसको शुभकामना दिएको देख्न पनि पाईन्छ । एक हातले ताली बज्दैन भनेझै धेरै कलाकारहरुको साथ सपोर्ट र एकता भएपछि लोक दोहोरी दिवस मनाउने कुरामा कुनै दुई मत छैन । यस अभियानलाई सरकारले पनि सकरात्मक रुपमा लिने छ भन्ने मिडियाकर्मीहरुको पनि बिश्वास र आशा रहेको छ । पृथक अनि राम्रो अभियान सुरु गर्ने अध्यक्ष रमेश बिजी लगायत केन्द्रिय समितीका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई दिदै प्रत्येक बर्ष लोक दोहोरी दिवस मनाउने अभियान सफल रहोस् भन्ने शुभकामना ब्यक्त गर्दछौ ।

 

https://www.youtube.com/watch?v=bYL55U7DYY0