कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले स्थापना दिवसको अवसर पार्दै १९ औं बार्षिकोत्सवको अवसरमा २०७६ फागुन २९ गतेका दिन “लोक दोहोरी दिवस” मनाउने निर्णय गरेको छ । हाल: यस संस्थाको नेपाल र बिदेशमा थुप्रै शाखाहरु स्थापना पनि भैसकेका छन् । सो कार्यक्रम फागुन २९ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकै नवनिर्मित भवनमा बिहान ८ बजे आयोजना हुने कुरा केन्द्रिय समितीले जानकारी गराएको छ ।
यही फागुन २९ गतेका दिन १९ औं बार्षिकोत्सव संगै “लोक दोहोरी दिवस” मनाउने र प्रत्येक बार्षिकोत्सवको अवसरमा “लोक दोहोरी दिवस” मनाउनुका साथै यस अभियानलाई निरन्तरता दिने कुरामा बिश्वस्त रहेको कुरा पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्माले बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको १९ औं बार्षिकोत्सव तथा “लोक दोहोरी दिवस” मा देश तथा बिदेशमा रहेका बिभिन्न शाखा, उपशाखा, प्रदेश समिती, उपत्यका समन्वय समितीका बिभिन्न शाखाहरुलाई बिशेष सहभागीता जनाई यस अभियानलाई सफल पारिदिनका लागी केन्द्रिय अध्यक्ष रमेश बिजिले अनुरोध गरेका छन् ।