उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम – २०७६ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा सभापति सोही समितीका अध्यक्ष सुजन बराईली रहेका थिए भने ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि, राजु ढकाल, हरी डाँगी, पिएन सापकोटा, सुजन लम्साल, उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीका अध्यक्ष तथा प्रतिनिधी लगायत थुप्रै कलाकार पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य तथा सञ्चारकर्मी राज कुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

निशुल्क स्वास्थ्य शिबिर, रक्तदान तथा बृहत साँस्कृतिक कार्यक्रममा बिभिन्न कलाकारहरुले नाक, कान, घाँटी जाँच गराउनुका साथै रक्तदान समेत गरेका दिए । सो कार्यक्रमलाई सफल पार्न बिभिन्न ब्यक्ति र संघ संस्थाहरुबाट आर्थिक सहयोग समेत प्राप्त भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीले आयोजना गरेको सो कार्यक्रममा अल्का अस्पताल प्रा. लि. र रक्त सञ्चार केन्द्र ललितपुरले बिशेष सहयोग गरेको थियो । कार्यक्रममा सहयोगीदाता, समाजसेबी, सल्लाहकार, पत्रकार, नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

यस कार्यक्रममा बिभिन्न ब्यक्तिहरुको स्वास्थ्य परिक्षण र रक्तदान गरिनुका साथै बिभिन्न सांगीतीक प्रस्तुतीहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएकोमा सहयोगीदाता, पत्रकार र सुभचिन्तकहरु प्रती आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सपोर्ट रहने कुरामा बिश्वस्त भएको कुरा अध्यक्ष सुजन बराईलीले बताए ।