लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नयाँ कार्यका रुपमा लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु गर्न लागको छ। यही माघ महिनाबाट प्रशिक्षण कार्यक्रम शुरु गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए।

दोहोरी गाएर मात्र हुँदैन, आधारभूत ज्ञान लिन पनि जरुरी छ।’ प्रतिष्ठानमा लोकदोहोरी प्रशिक्षणको बिजीले खुलाए।
६ महिना अवधीको प्रशिक्षण कक्षमा ख्याति प्राप्त गायन प्रशिक्षकहरू द्धारा प्रशिक्षण दिइने अध्यक्ष बिजीको भनाई छ।

प्रशिक्षणका लागि पहिलो समूहको भर्ना कार्यक्रम पनि सुरु भैसकेको प्रतिष्ठानले जानकारी दिएको छ। जहाँ, अध्ययनका लागि सहभागी हुन चाहनेले बिहानबेलुका आफ्नो समय अनुकुल प्रशिक्षण लिन सक्ने छन्।
प्रशिक्षणमा सहभागीको हुन रु १ सय रुपैयाँको फर्म शुल्क र ६ हजार रुपैयाँ प्रशिक्षण शुल्क तोकिएको छ।

लोकदोहोरी क्षेत्रमा हुनेगरेको विकृति विरुद्ध बाल्दै आएको प्रतिष्ठानले यस किसिमका प्रशिक्षणले नयाँ पुस्तामा चेतना फैलाउन सहयोग प¥याउने र नेपाली लोक सङ्गीतको मौलिकता बचाइराख्न सहयोग पुग्ने प्रतिष्ठानको अपेक्षा रहेको छ।