कात्तिक २५ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीको भवन निर्माणका लागी रु ३,०३,३३३/- (अक्षरुपी तीन लाख तीन हजार तीन सय तेत्तिस रुपैया) हस्तान्तरण गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीको सातौ महाधिबेशन र उपत्यका समन्वय समितीका निवर्तमान अध्यक्ष पिएन सापकोटाको जन्मदिनको अवसर पारी सहयोग रकम प्रदान गरिएको हो । सो अवसरमा केन्द्रिय अध्यक्ष बद्री पंगेनी लगायत चर्चित कलाकारहरुको उपस्थितीमा केक काटेर निवर्तमान अध्यक्ष पिएन सापकोटाको जन्मदिन मनाईएको थियो ।
कार्यक्रमको सञ्चालन रामु खड्काले गरेका थिए भने उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीको तर्फबाट सो रकम हस्तान्तरण गरिएको कुरा उपत्यका समन्वय समितीका अध्यक्ष सुजन लम्सालले जानकारी गराएका छन् ।
भवन निर्माणका लागी आर्थिक सहयोग गरेकोमा केन्द्रिय अध्यक्ष बद्री पंगेनीले आभार प्रकट गर्दै पिएन सापकोटालाई जन्मदिनको शुभकामना दिनुका साथै सातौ केन्द्रिय महाधिबेशन सफल पार्न सम्पुर्ण समितीको साथ सपोर्टको आशा र बिश्वास रहेको कुरा बताए ।
सोही कार्यक्रमको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश नं. ३ का अध्यक्ष बासु सिम्खडाले रु ५१, १५१/- (अक्षरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैया) र गणेश खनालले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैया) आर्थिक सहयोग प्रदान गरेका थिए ।