नेपाली चलचित्रमा छेत्रमा निकै क्षेत्रमा आशा गरियको चलचित्रको नाम हो चलचित्र आरुसी । चलचित्र आरुसी अब नेपाल बाहिर बाट प्रदशन आउने भएको छ । पहिलो प्रदशन अथवा पहिलो प्रिमियर अष्ट्रेलिया बाट सुरु हुने भएको छ । यही 9 November 2019 समय बेलुका 6:30 बजे Salisbury Hoyts Cinema . South Australia Adelaide प्रिमियर हुने पक्का पक्कि भएको छ । ADFC foot bal group AND whole team ,Grish event entertainment को आयोजनामा हुन गइ रहेको प्रिमियरमा विभिन्न कम्पनि संघ सस्थाहरुले साथ दिनुको भएको छ Sponsor by AUSSIZZ MIGRATIONS EDUCATION CONSULATNTS.SIPPORT BY Bise ,supported by ADFC foot bal group AND whole team and captain Bishal magar and ADFC GROUP and AHIMSA KA ADHAKCHAYA BIRKHA GURUN , Grish event entertainment AND ADHAKCHAYA GAGAN GIRI ..यति बेला आफ्नो चलचित्र आरुसी प्रिमियरको लागी नायक इशक राई अष्ट्रेलिया पुगी सक्नु भएको छ । चलचित्र नायक इशक राई सम्पूर्ण सहयोगी हातहरुलाई धन्याबाद दिदै आफ्नो चलचित्र प्रोमोसनको लागी दौडी रहनु भएको छ ।
चलचित्र’ ‘आरुसी’’ मार्फत नेपाली चलचित्र छेत्रमा इन्ट्री गर्नु भएका नायकलाई झट्ट हेर्दा कोरियन लुक्सका र निकै चकलेटी अनुहार भएका नायक देखिन्छ र इशक राई सोहि कारणले गर्दा पनि सबैको नजरमा परेका छन । नेपाली गीत संगीत छेत्रमा राम्रै चर्चा कमाउन सफल भएका गायक तथा नायक नेपाली चलचित्र छेत्रमा पनि चर्चा पक्कै कमाऊछ भन्ने हरु धेरै छन् । अब भने अष्ट्रेलियामा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बैनी हरुको मायाको आशा गर्दै केहि समय अष्ट्रेलियामा रहेर अरु देशमा आफ्नो चलचित्र प्रदशन गर्ने जानकारी दिनु भएको छ ।
निर्देशक उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘आरुसी’ मा मुख्य नायकका रुपमा देखिन लागेका कोरियन स्टाइलका इशकले भने, ‘यो मेरो डेब्यु फिल्म हो, त्यसैले मिहिनेत गरिरहेको छ ।’ उनले फिल्म ‘आरुसी’बाट दर्शकको मन जित्न सक्ने समेत बताएका छन् ।
करिब १ करोडको लगानी रहने भनिएको फिल्म ‘आरुसी’मा इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहेको छ । बिकाश चौधरी र ताराप्रकाश लिम्बुको संगीत रहेको यस फिल्मका लागि गीत निर्देशक सुब्बाले नै लेखेका छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ भने नृत्य निर्देशक दिनेश पाख्रिन र कमल राई रहेको छ । उक्त यस फिल्मलाई झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभालगायत पुर्वको विभिन्न स्थानमा छायांकन गरिएको छ ।