सुनिल न्यौपाने, स्याङ्जा
सुनिता थापा जो बोल्न र सुन्न सक्दिनन् । तर उनी कुनै बोल्ने र सुन्ने व्यक्ति भन्दा कम छैनन् । टिकटक एप्समा उनी भाइरल जस्तै छिन् । समाजसेवी समेत रहेकी सुनिता थापासँग गरेको कुराकानी आजको प्रस्तुतिमा । आमा मैना थापा र बुबा कुलबहादुर थापाको कोखबाट चापाकोट ९ स्याङ्जामा जन्मिएकी सुनिताले करिब १२ बर्षको कलिलो उमेरमा बिरामी परेर सुन्ने र बोल्ने शक्ति गुमाउनु पर्यो । उनले बताए अनुसार उनलाई १२ बर्षको उमेरमा टाईफाईड भएको र सोहि बिरामीकै कारण आफ्नो बोल्ने र सुन्ने शक्ति गुमेको हो । उमेरले २६ औँ वसन्त टेकेकी सुनिता सुन्न र बोल्न नसके पनि पढ्न र अन्य क्रियाकलापमा भने अब्बल छिन।
स्नातक तह पास गरेकी उनि अपाङ्गतामा छनौट भएर जापानमा १० महिने तालिम सकाएर केहि दिन अघि मात्र नेपाल आएकी हुन्। अहिले उनि विभिन्न अपाङ्ग संघ सस्थाहरुमा जाने र काम गर्ने गर्छिन। हाल उनि स्याङ्जाकै “Member of syangja association of the deaf ” नामक संस्थामा सदस्य रहेर काम गरिरहेकि छिन । आफुले यस सस्थामा काम गर्नु अघि “Deurali- Janta Pharmaceuticals pvt ltd ” मा काम गरेको समेत उनले जानकारी दिएकी छिन । सानै उमेर देखि नाच्न र गाउनमा रुचि राख्ने सुनिता भविष्यमा कसैले मौका दिए र समय र जीवनले साथ दिए हिरोइन बन्ने ईच्छा रहेको बताउछिन । सुनिता बोल्न र सुन्न नसक्ने भनिए पनि उनि भित्र आवाज अझै पनि रहेको छ । सायद उनले सुन्न नसक्ने भएर होला उनि बोलि पनि गुमेको सोच्ने गर्दछिन । भिडियोमा हेर्दा वा उनिसंग कुरा गर्दा उनले सांकेतिक भाषा प्रयोग गरिरहदा हरेक बाक्यमा उनको बोलि सुनिन्छ तर बुझ्न भने सकिदैन। केहि समय यता टिकटकमा भिडियो बनाउदै आईरहेकी उनिमा साच्चिकै अभिनयमा रुचि रहेको देखिन्छ ।
उनले कुराकानीकै क्रममा पनि आकर्षण कला देखाएकी छिन । नेपाली नायक को मन पर्छ भन्दा उनले अनमोल केसीको नाम लिइन भने नायिकामा नम्रता श्रेष्ठको नाम लिएकी छिन । उनको समाचर केहि दिन अघि बिबिसी न्युजले पनि प्रस्तुत गरेको थियो । हेर्दा उनि निकै स्वास्थ्य अनि सम्पूर्ण गुणले भरिपूर्ण देखिन्छिन तर भगवानको लिला भनौ या भाग्यमा लेखिएको एक नमिठो रेखा जसको कारण उनि बोल्न र सुन्न सक्दिनन भिडियोमा उनलाई हेर्दा जो कोहि पनि उनि सुन्न र बोल्न सक्दैन भनि भन्न चाही सक्दैन , तर यो वास्तविक हो।
ऊनी भन्छिन “अपाङ्गहरुलाई उचित अबसर र मौका दिने हो भने जे पनि गर्न सक्छन।उनीहरुलाई घर परिवारको माया र सहयोग पनि अत्ति आवस्यक पर्ने गर्दछ।समाजका ब्याक्तीलेनै हो हमिलाइ अपाङ्ग भनेर फरक व्यबहार गर्ने यो देख्दा मलाई निकै दुख लाग्छ ।हामिलाइ दया हैन साथ र समानता चाहिएको हो।हाम्रो समाजमा अपाङ्ग हरुले केहि गर्न सक्दैनन भन्ने सोच छ तर अपाङ्गहरुले पनि देशमा धेरै प्रगति गरेका छन अपाङ्गलाई निराश हैन निकाश दिनुहोला भन्न चाहन्छु ।”