मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

सुर्खेत , ५ असोज । सुर्खेतमा मिस सुर्खेतको तेस्रो सिरिज हुने भएको छ । मुन मिडियाको आयोजनामा यस अघि सम्पन्न भएका दुई सिजन लाई निरन्तरता दिदै यस पटक पनि मिस सुर्खेत आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस पटक भने मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर पुगेको हुनुपर्ने , कर्णाली प्रदेशको स्थानिय हुनु पर्ने , एसईई उत्र्तिण भएको हुनु पर्ने लगाएतका प्रावधान रहेको आयोजकका सदस्य एवं कलाकार कमल विष्टले जानकारी दिए ।

सुर्खेतको विरेन्द्रनगरमा आईतबार पत्रकार सम्मेलन गरि सहभागिताका लागि असोज ६ गतेदेखि आवेदन खुल्ला गरिने आयोजकले जानकारी दिएको छ । आवेदन संकलन पछि प्रतियोगिको छनोट गरिनेछ । अडिसनबाट छनोट भएकाले २० दिनको तालिमपश्चात उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य बुद्धिसिंह ठकुरीले जानकारी दिए ।

मिस्टर र मिस सुर्खेत प्रतियोगिताको विजेताले ५० हजार नगदसहित क्राउन र विभिन्न उपहार प्राप्त गर्ने आयोजक संस्था मुन मिडियाका अध्यक्ष विजय केसीले बताए । उनका अनुसार प्रथम, द्धितिय र तृतिय बाहेक थप ७ प्रतिस्पर्धी अन्य विभिन्न विधाका उपाधिले सम्मानीत तथा पुरस्कृत हुनेछन ।

आयोजकका अनुसार फाईनल प्रतियोगितामा सहभागि हुनुअघि प्रतियोगिलाई कन्फिडेन्ट डेभलप, मोडलिङ्ग, कोरियोग्राफि, पब्लिक स्पीकिङ, फोटो तथा भिडियो सुट, मेकअप क्लास, आरजे÷भिजे ट्रेनिङ्ग लगायतका इभेन्टहरुमा सहभागि गराइनेछ ।

प्रतियोगिताले बाहिरी तथा भित्रि सुन्दरतालाई बाहिर निकाल्न, आत्मविश्वास बढाउन र क्षमता विकास गर्न आफूहरूलाई सहयोग पुगेको प्रतियोगीताका पुर्व विजेताहरुको अनुभव छ ।