असार १४ गते शनिबारका दिन धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न भएको छ । सो कार्यक्रम अध्यक्ष कृष्ण समिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बिशेष अतिथीको रुपमा शम्भुजित बास्कोटा रहेका थिए ।
कार्यक्रम अवधीभर सचिव सुजन बराईली लगायत अन्यले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । यस कार्यक्रममा धौलागिरी राष्ट्रिय सम्मान भजन शिरोमणी भक्तराज आचार्य, धौलागिरी बिशेष सम्मान गायिका एन्जिला गौचन, धौलागिरी साधना सम्मानको रुपमा बरिष्ठ गायकहरु जिवन शर्मा, खड्ग गर्बुजा, बिमलराज क्षेत्रीलाई सम्मान गरिएको थियो भने धौलागीरी युवा सम्मानको रुपमा कुलेन्द्र बिश्वकर्मा, बसन्त थापा, नवराज पन्त सम्मानीत भएका थिए । उक्त कार्यक्रममा बिभिन्न कलाकार र पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।
धौलागिरी अञ्चलका सम्पुर्ण कलाकारहरुलाई एकिकृत गर्ने उदेश्यले यस समितिको आयोजना भएको कुरा सोही समितीका अध्यक्ष कृष्ण समिप सुबेदीले बताए । कार्यक्रम भब्य सभ्य रुपमा सम्पन्न भएकोमा सहयोगीदाताहरु, पत्रकारहरु, कलाकारहरु लगायत अन्य शुभचिन्तकहरु प्रती सोही समितिका अध्यक्ष सुबेदीले आभार प्रकट गर्नुका साथै यस्तै माया अनि साथ सपोर्ट पाए पछि आगामी बर्षमा धौलागिरी अवार्डको आयोजना गरिने कुरा जानकारी गराए ।