नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै यूवा उद्यमी धर्मराज पनेरूले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ‘सट स्टेशन’ खोलेका छन् । पनेरूले ५० लाख रूपैयाँ लगानी गरेर सट स्टेशन खोलेका हुन् ।
लाउन्ज र बारको सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रमुख पर्यटकीय गन्तव्य ठमेलको नर्सिङ चोकमा ‘सट स्टेशन’ स्थापना गरिएको सञ्चालक पनेरूले बताए ।
पाँच वर्षदेखि सञ्चालन हुँदै आएको ‘क्याफे व्लिज’को ठाउँमा उक्त स्टेशन निर्माण गरीएको हो । स्टेशनले दिउँसो ११ बजेदेखि राती दुई बजेसम्म स्वदेशी तथा विदेशी युवालाई सेवा प्रदान गर्ने छ ।
यहाँ स्वदेशी तथा विदेशी स्न्याक्सका साथमा चालिस भन्दा बढी सट भेराइटी लिन पाइन्छ । सञ्चालक पनेरुले आगामी दिनमा उपत्यकाका विभिन्न ठाउँ तथा उपत्यका बाहिर पनि सट स्टेशनका शाखा खोल्ने लक्ष्य लिएको बताए ।पनेरुसँग एक दशक लामो होटल तथा रेष्टुरेन्ट क्षेत्रमा अनुभव छ । उनले आगामी दिनमा अर्गानिक फार्ममार्फत अर्गानिक खाद्यान्न ‘सट स्टेशन’मा ल्याएर स्वदेशी तथा विदेशीलाई खुलाउने योजना रहेको बताए ।
हरेक दिन ‘ओपन माइक’, बुधबार महिलालाई विशेष अफर तथा फुड, ड्रिङ्स, म्युजिकजस्ता विशेष अफर तथा योजना अगाडि सारेको ‘सट स्टेशन’ बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ ।