माेना कतारकाे शुभकामना आदान प्रदान तथा चौथो बिविध सॉस्कृतिक कार्यक्रम २०१९ को आयव्यय बिबरण सार्वजनीक

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

मोना कतारको तेश्रो मासिक तथा नियमीत बैठक संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा हिजो मुन्तजामा सम्पन्न भएको छ । बैठकमा मोना कतारले गत शुक्रबार कतारको सनैया स्थित डल्ला ड्राइभिङ स्कुलको सभाह लमा  आयोजना गरेको नयॉ वर्ष २०७६ को शुभकामना आदान प्रदान तथा चौथो बिविध सॉस्कृतिक कार्यक्रम २०१९ को आयव्यय बिबरण पनी सार्वजनीक गरेको छ ।

उक्त कार्यक्रममा कुल ३७ हजार ९२१ रियाल आम्दानी भएको र १५ हजार ७ सय ६७ खर्च गर्दै २२ हजार १ सय ५४ कतारी रियाल कुल नाफा भएको छ । कतारको हकमा एउटा जिल्ला संस्थाले आयोजना गरेको सास्कृतिक कार्यक्रममा यसरि मुनाफामा जानु नौलो मानिएको छ।

संस्थाले म्याग्दिमा बहुउदेश्यिय अक्षयकोष स्थापनार्थ कार्यक्रम आयोजना गरेको हुदॉ कुल नाफा रकमबाट नेपालि ६ लाख रुपैया तत्काल बैकमा खाता खोलेर जम्मा गर्ने र अपुग ररम बिभिन्न माध्यमबाट यथासक्य संकलन गरी कोष खडा गर्ने भएको छ ।

साथै बैठकले कार्यक्रमलाई लाई सफल बनाउन नेपाल देखि पाल्नु भएका तथा कतारमा स्थापित नेपालि कलाकार लगायत प्रमुख अतिथि , बिशेष सहयोगि कम्पनी, सहयोगी संस्थाहरु, बिशेष अतिथि , अतिथिहरु ,पत्रकार ,फोटोग्राफर, स्यंम सेवक , टेक्निसियन लगायत सम्पुर्ण दर्शकहरुलाई अन्तरमन देखि हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।