आँखा पाक्ने रोग सर्न नदिन के गर्ने..?

0 minutes, 1 second Read
Spread the love

अहिले आँखा पाक्ने रोग एडिनो भाइरसले गर्दा भएको हो। यो प्रकोपको रूपमा बढेको छ। भाइरसको कारणले भएकाले यो बढी संक्रामक छ। वर्षा हुने मौसममा यस्तो हुन्छ। जुलाई र अगष्ट महिनामा दक्षिण एसियामै आँखा पाक्ने रोगको समस्या बढेको छ। प्रतिरोधी क्षमता कमजोर भएका, रूघाखोकी भएकाहरूलाई पहिला आँखा पाक्ने रोग देखिन्छ। आँखा पाक्ने समस्या र रूघाखोकीको समस्या सँगै आउँछ।

आँखा पाक्ने रोगका लक्षणहरू

-आँखा रातो हुने
-आँखाबाट बारम्बार आँसु आउने
-घाममा हेर्न अप्ठ्यारो हुने
-आँखामा कचेरा आउने
-आँखाको डिलहरू सुन्निने

आँखा पाक्ने रोगको समय ४ दिनदेखि २४ दिनसम्म हुन्छ। आफ्नो समय चक्र पूरा गरेपछि आफैं ठीक हुन्छ। ३ देखि ४ हप्तासम्म यो रोग आफैं ठीक हुन्छ। जटिल समस्या आउन नदिन मात्रै उपचार गर्ने हो। ७ देखि २१ दिनसम्म पनि ठीक गर्न सकिन्छ।

जसको आँखा पाकेको छ, उसले होसियारी अपनायो भने थोरैलाई सर्छ। सफा गर्ने, सफा र चिसो पानीले आँखा सफा गर्ने, आपसमा कुरा गर्दा चस्मा लगाउनुपर्छ। यो रोग सर्ने मुख्य माध्यम आँसु हो। सँगै बसेर खाँदा यो रोग सर्छ भन्ने होइन। आँसुका थोपाहरू अर्को आँखामा नपुग्दासम्म केही हुँदैन। उसले प्रयोग गरेको कपडा, रूमाल, साबुन अरूले प्रयोग गर्न हुँदैन। आँखा पाकेको व्यक्ति आइसोलेसनमा बस्नुपर्छ। २ देखि ३ दिनसम्म आइसोलेसनमा बस्यो भने सर्ने सम्भावना धेरै कम हुन्छ।

यदि बच्चाहरूमा आँखा पाक्ने समस्या छ भने लगभग १ हप्ता स्कुल पठाउन हुँदैन। अहिले नेपालका सबै आँखा अस्पताल र अस्पतालका आँखा विभाग भरिएका छन्। यसलाई महामारीभन्दा फरक पर्दैन। भारतसहित दक्षिण एसियाका अन्य मुलुकमा आँखा पाक्ने रोग फैलिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *