विद्यालय कर्मचारी दरबन्दीबारे नयाँ ब्यवस्थाको तयारी

0 minutes, 0 seconds Read
Spread the love

 

यसैविच कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा ४ जना कर्मचारीको दरबन्दी रहने भएको छ । जस अनुसार शिक्षा मन्त्रालयले एक जना सहायक प्रथम, एक जना सहायक द्धितीय र दुई जना विद्यालय सहयोगी गरी ४ जना कर्मचारीको ब्यवस्था गर्न लागेको हो । यस्तै कक्षा १ देखि १० सम्म सञ्चालित विद्यालयमा एक जना सहायक द्धितीय र दुई जना विद्यालय सहयोगी गरी ३ जना, १–८ सम्म सञ्चालित विद्यालयमा दुई जना विद्यालय सहयोगी र १–५ सम्म सञ्चालित विद्यालयमा एक जना विद्यालय सहयोगी रहने गरी दरबन्दीको ब्यवस्था गर्न लागिएको छ ।

शिक्षा नियमावली निर्माणको चरणमा रहेको मन्त्रालयले कर्मचारीको उक्त दरबन्दी सहित अन्य सेवा सुविधा तथा सर्तलाई नियमावली समावेश गर्न लागेको हो ।

२०५९ साल जेठ १५ गते सम्म विद्यालयमा कर्मचारीको स्विकृत दरबन्दी भएपनि त्यस यता भद्रगोल भएको छ । विद्यालय कर्मचारीको संख्या ३३ हजार हाराहारी रहेको बताईन्छ । तर,  शिक्षा विभाग कर्मचारीको संख्या १६ हजार ४ सय हाराहारी रहेको बताउँछ भने कर्मचारी संगठनका नेताहरु १० हजार हाराहारीमा मात्रै रहेको बताउँदै आएका छन् ।

यस्ता कर्मचारी मध्येबाट आन्तरिक प्रतियोगिता गराई पदपूर्ति गरिने ऐनमा ब्यवस्था छ । एक पटकका लागि त्यस्ता कर्मचारीलाई उमेरको हद नलाग्ने पनि ब्यवस्था छ ।

दरबन्दीमै नियुक्त भएका कर्मचारी सेवामा नरहने भएमा सुविधा सहित विदाई गर्ने ब्यवस्था समेत नियमावलीमा राख्ने तयारी छ । जस अनुसार अस्थायी शिक्षकलाई जस्तै ‘गोल्डेन ह्याण्डसेक’ दिने मन्त्रालयको तयारी छ ।

विद्यालय कर्मचारीलाई पनि गोल्डेन ह्याण्डसेक

यसरी समायोजनमा जान चाहने कर्मचारीले आफूले पाएको मिति खुलेको सफारिस र नियुक्ति पत्र, विद्यालय ब्यवस्थापन समितिले नियुक्ति गरेको भएनिर्णय मिति र सिफरिस पत्र, समायोजन हुनु अघि कम्तिमा एक बर्ष अघि देखिको हाजिरी प्रमाणित प्रतिलिपी, तलवी भरपाई सहित निवेदन दिनु पर्ने छ । एडुखबर

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *