Breaking News
Home / News / उदयपुर बम विस्फोटका घाइते सातै जनालाई काठमाडौं ल्याइयो

उदयपुर बम विस्फोटका घाइते सातै जनालाई काठमाडौं ल्याइयो

उदयपुर बम विस्फोटका घाइते सातै जनालाई काठमाडौं ल्याइयो

काठमाडौं : अज्ञात समूहको एम्बुसमा परी घाइते भएका नेपाली कांग्रेस उदयपुरका उम्मेदवार नारायणबहादुर कार्कीसहित सातै जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।
गम्भीर घाइते उमेदवार कटारी नगरपालिका ७ रिस्कुका कार्की, उदयश्री बहुमुखी क्याम्पस कटारीका नेविसंघका सभापति कटारी ३ की २३ वर्षीया मिरा कटुवाललाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको हो।
एम्बुसमा परी घाइते भएका युके एफएम कटारीका सञ्चालक समिति सदस्य पत्रकार कटारी नगरपालिका ३ का ३० वर्षीय नवराज पौडे्ल, उदयपुरगढी गाउँपालिका वडा ८ की धनमाया धौलाकोटी, वडा २ का गणेश पुरी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की र जवान कालिदास श्रेष्ठ घाइतेलाई दोस्रोचरणमा हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको हो।
घाइते सबैको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचार भइराखेको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी मेघराज अधिकारीका अनुसार विस्फोटमा परेको गाडीमा ८ जना सवारत थिए। ति मध्ये उमेदवारको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कृष्ण श्रेष्ठलाई चोटपटक नदेखिएकाले जिल्लामै राखिएको डीएसपी अधिकारीले बताए।
उमेदवार कार्कीलाई लक्षित गरी अज्ञात समूहले बुधबार बिहान थापेको एम्बुस विस्फोटन हुँदा बा १ च ७८०६ नम्बरको जिपमा सवारत उम्मेदवारसहित पाँच जना घाइते भएको डीएसपी अधिकारीले बताए।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठ, एसपी नवराज भट्टलगायत चार वटै सुरक्षा निकायका प्रमुख पुगेका छन्। प्रजिअ श्रेष्ठका अनुसार कार्कीको एउटा हात चलेको छैन् भने आँखाल ेसमेत काम गरेको छैन्। उनको जीउका प्राय सबै भागमा चोट लागेको स्थानीय बोधकुमार घिमिरेले बताए। उता घाइते कटुवालको एउटा खुट्टाको कुर्कुचा मुनीको भाग नै नरहेको जनाइएको छ।
उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ का कांग्रेस उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो। कार्की २०७० सालमा क्षेत्रनं ३ बाट निर्वाचित सांसद हुन्।
घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ। मंगलबार मात्र नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र १ का उमेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी वम विस्फोटन गराइएको थियो।

साभार :annapurnapost.com बाट

About admin

Check Also

मोडमा ‘ब्याक’ गर्दा दुर्घटना

सुर्खेत- तीन वर्षअघि मात्रै ट्याक खुलेको बाँकी–बाहाकोट सडक खण्डको डाङ्ग्रे मोडमा बुधबार बोलेरो जिप दुर्घटना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *