Breaking News
Home / Business / नारायणगढ-मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध, यात्रुको बिचल्ली

नारायणगढ-मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध, यात्रुको बिचल्ली

नारायणगढ-मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन ।

शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको जानकारी दिए ।

सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ जाने र काठमाडौंबाट चितवन तर्फ आउन लागेका करिब ४ हजार सवारी साधन र तिनका यात्रुहरु सडकमै अलपत्र परेका छन् । कतिपय गाडीहरु हेटौंडाको बाटो हुँदै आवत-जावत गरे पनि गाडीको चापले सो सडकमा पनि घण्टौं जामा हुने गरेको छ ।

About admin

Check Also

आजको राशिफल / वि.सं. २०७५ आषाढ ०४ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सानातिना घरायसी समस्यामा दौडधूप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *